शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चराका प्रजातिको सङ्ख्या बढ्दै « Khabarhub

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चराका प्रजातिको सङ्ख्या बढ्दै


२५ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

दोधारा चाँदनी– कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चराका प्रजातिको सङ्ख्या बढ्दै गएको छ । पछिल्लो अध्ययनअनुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चराका प्रजातिको सङ्ख्या चार सय ५९ पुगेको प्रकृति संरक्षण कोष शुक्लाफाँटा संरक्षण कार्यक्रमका प्रमुख लक्ष्मी जोशीले जानकारी दिए।

 ‘राष्ट्रिय निकुञ्जमा हरेक बेला चराहरूको अध्ययन भइरहेको हुन्छ, अहिले यहाँ चराका प्रजातिको सङ्ख्या बढ्दै गएको छ’, उनले भने, ‘शुक्लाफाँटामा विभिन्न समयमा बसाइँ सरेर पनि चराहरू आउने गरेका छन् ।’ शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विश्वमै दुर्लभ मानिने चराको प्रजाति पनि यहाँ रहेको निकुञ्जका सहायक संरक्षण अधिकृत प्रमोदकुमार यादवले बताए ।

यहाँ भुँडीफोर गरुड, राजधनेश, सुनैलो तोपचरा, खरमजुर, सानो खरमजुर, सुन गिद्ध र सारसलगायतका दुर्लभ चराका प्रजाति रहेको निकुञ्ज कार्यालयले जनाएको छ । ‘यहाँ खरमयुर, सारस र विभिन्न समयमा गिद्ध पनि बसाइँ सरेर आउने गरेका छन्’, सहायक संरक्षण अधिकृत यादवले भने, ‘शुक्लाफाँटामा विभिन्न प्रजातिका चरा हिउँदको समयमा बसाइँ सरेर आउने गरेका छन् ।’ नेपालमा पाइने आठ सय ८७ चराको प्रजातिमध्ये चार सय ५९ प्रजाति शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाइन्छ । तीन सय पाँच वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटामा दक्षिण एसियाकै ठूलो घाँसेमैदान, ३६ वटा पाटेबाघ, १७ वटा गैँडालगायत वन्यजन्तु यहाँका आकर्षण हुन् ।

यहाँको घाँसेमैदानमा सयौँको सङ्ख्यामा देखिने बाह्रसिङ्गाको झुण्डले यहाँ आउने पर्यटकलाई लोभ्याउने गरेको छ । पछिल्ला वर्षहरूमा शुक्लाफाँटा भ्रमण गर्ने आन्तरिक पर्यटक सङ्ख्यासमेत बढेको छ । 

अहिले निकुञ्जमा पर्यटक भित्रिने सिजन भएकाले पनि आन्तरिक पर्यटक बढेको निकुञ्ज कार्यालयले जनाएको छ । निकुञ्ज प्रशासनका अनुसार अहिले महिनामा चार-पाँच सयको सङ्ख्यामा पर्यटक भित्रिने गरेका छन् । 

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहीबार  ७ : ४८ बजे

ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ज्येष्ठ नागरिक समाजका अमूल्य

आईसीसी वरीयतामा बुमराहको छलाङ : कुन खेलाडी कहाँ छन् ?

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेटको वरीयतामा भारतीय खेलाडी सधैँ अगाडि छन्।

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

चितवन– मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको