उपराष्ट्रपति निर्वाचन : फरक लिङ्ग वा समूदायको उम्मेदवार हुनुपर्ने | Khabarhub Khabarhub

उपराष्ट्रपति निर्वाचन : फरक लिङ्ग वा समूदायको उम्मेदवार हुनुपर्ने


२६ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्वाचन आयोगले उपराष्ट्रपति पदको निर्वाचनका लागि राष्ट्रपतिको भन्दा फरक लिङ्ग वा समूदायको उम्मेदवारको मनोनयनपत्र दर्ता गर्न निर्देशन दिएको छ । आगामी चैत्र ३ मा हुने उपराष्ट्रपतिको निर्वाचनका लागि यही फागुन २७ गते उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ । 

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले निर्वाचन अधिकृतलाई दिएको निर्देशनमा राष्ट्रपति पदमा खस आर्य समावेशी समूहका पुरुष रामचन्द्र पौडेल निर्वाचित भएको उल्लेख गर्दै उपराष्ट्रपतिमा फरक लिङ्ग वा समूदायभन्दा फरक व्यक्ति हुनुपर्ने उल्लेख छ । 

राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनसम्बन्धी ऐन, २०७४ अनुसार अब उपराष्ट्रपतिमा फरक लिङ्ग ९महिला वा अन्य० वा फरक समूदाय ९दलित, आदिवासी जनजाति, मधेसी, थारु वा मुस्लिम०बाट उम्मेदवार हुनुपर्नेछ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार  १२ : ३७ बजे

दैनिक उपभोग्य वस्तुको अभाव छैन : मन्त्री भण्डारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विपद्जन्य अवस्थाले केही

दीपेन्द्र ऐरीको छलाङ : अलराउन्डर वरीयताको दोस्रो स्थानमा उक्लिए

काठमाडौं- नेपाली क्रिकेटर दीपेन्द्रसिंह ऐरीले टी-२० अलराउन्डरतर्फ कीर्तिमानी वरीयता कायम

रात्रिकालीन विमानस्थलबाट दशैंभर बिहान साढे ४ बजेबाटै उडान हुने

काठमाडौं- बाढीपहिरोका कारण सडक यातायात अस्तव्यस्त हुँदा अहिले हवाइ यातायातमा

शेयर बजारमा २६ अंकको गिरावट, कारोबार ६ अर्ब ७७ करोड बढी 

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) घटेको छ । मंगलबार

काठमाडौंमा मनाइयो विश्व अहिंसा तथा गान्धी दिवस

काठमाडौं- आज अक्टोबर २ विश्व अहिंसा दिवस तथा १५५ औँ