सत्र करोड बराबरको नेपाली सिमेन्ट निर्यात | Khabarhub Khabarhub

सत्र करोड बराबरको नेपाली सिमेन्ट निर्यात


२६ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चालु आर्थिक वर्षको सात महिनामा नेपालले करिब १७ करोड बराबरको नेपाली सिमेन्ट निर्यात गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको गत साउनदेखि माघ मसान्तसम्मको तथ्याङ्कअनुसार नेपालले १६ करोड ७० लाख ३३ हजार बराबरको सिमेन्ट र क्लिङ्कर निर्यात गरेको हो । 

सात महिनामा रु दश करोड ६३ लाख ७७ हजार बराबरको क्लिङ्कर र रु छ करोड छ लाख ५६ हजार बराबरको सिमेन्ट निर्यात भएको छ । विभागका अनुसार सो अवधिमा एक लाख ५१ हजार एक सय ५८ टन क्लिङ्कर र एक लाख ५३ हजार चार सय ९३ टन सिमेन्ट निर्यात भएको छ ।

सरकारले चालु आर्थिक वर्षको बजेटमा निर्यातमा छुटको घोषणा गरेसँगै नेपाली दुई सिमेन्ट उद्योगले नेपाली ब्राण्डका सिमेन्ट भारतमा गर्दै आएका छन् । गत असार २४ गतेदेखि पाल्पा सिमेन्टको ‘तानसेन’ ब्राण्ड र असोज ३१ देखि अर्घाखाँची ब्राण्डको सिमेन्ट भारत निर्यात सुरु भएको हो ।

दुई सिमेन्ट तथा एक स्टिल निर्यात गरेका व्यवसायी भारतीय बजारमा नेपाली उत्पादनले बजार पाएको बताउँछन् । पाल्पा र अर्घाखाँची सिमेन्टले भारतका विभिन्न सहरमा नेपाली सिमेन्ट निर्यात भइरहेको बताएका छन् । अर्घाखाँची सिमेन्ट उद्योगका सञ्चालक राजेश अग्रवालले ठूला चाडपर्वमा निर्यात केही सुस्त भए पनि हाल नियमितरूपमा निर्यात भइरहेको जानकारी दिए ।

‘ठूला चाडपर्वका कारण केही सुस्तता भयो, नयाँ सामग्री, नयाँ ब्राण्ड, नयाँ बजार भएपछि हामीसँगै ग्राहकले बुझ्नसमेत केही समय लाग्छ, नयाँ स्थानमा पिकअप लिन केही समय लाग्यो’, उनले भने, ‘हामीले निरन्तररुपमा नेपाली सिमेन्ट र रड निर्यात गरेका छौँ, विस्तारै बजार पाउँछ’, अर्घाखाँची ब्राण्डको सिमेन्ट हाल भारतको उत्तर प्रदेशमा निर्यात भइरहेको छ ।

पाल्पा सिमेन्टले गत असार २४ गते श्री स्टिलले गत साउन ४ गते तथा अर्घाखाँची सिमन्टले गत असोज ३१ गतेदेखि नेपाली उत्पादन भारत निर्यातको सुरु गरेका हुन् । सरकारले सिमेन्ट, स्टिललगायत सामान निर्यातमा आठ प्रतिशत अनुदान र वार्षिक दश करोड बढीको विद्युत् खपत गर्ने उद्योगलाई दुईदेखि १५ प्रतिशतसम्म महसुलमा छुट दिने घोषणा गरेको थियो । चालु आर्थिक वर्षको बजेटमार्फत सो व्यवस्था गरेको थियो । त्यसका लागि कार्यविधि पनि बनिसकेको छ ।

सिमेन्ट उत्पादक सङ्घले सरकारले सिमेन्ट निर्यातमा छुटको घोषणा गरेपछि भारतको विभिन्न सहरमा निर्यात सुरु भएको जनाएको छ । भारत सरकारबाट सिमेन्ट निर्यातमा गुणस्तर प्रमाणपत्रको पर्खाइमा धेरै सिमेन्ट उद्योग रहेको सङ्घले जनाएको छ । नेपाली सिमेन्ट उद्योगले भारत निर्यातका लागि भारत सरकारबाट गुणस्तर प्रमाणित प्रमाणपत्र लिनुपर्नेछ ।

सिमेन्ट उत्पादक सङ्घको तथ्यांकहनुसार नेपालमा ५० भन्दा धेरै सिमेन्ट उद्योग सञ्चालनमा छन् । तीमध्ये करिब १५ वटाले सिमेन्ट र क्लिङ्कर दुवै उत्पादन गर्दै आएका छन । यी सिमेन्ट उद्योगको वार्षिक उत्पादन क्षमता झण्डै दुई करोड २० लाख टन छ ।

निर्यात र विद्युत् महसुलमा छुट पाउने भएपछि उद्योगी उत्साहित भएका छन् । सरकारको उक्त छुटसँगै पाल्पा र अर्घाखाँची सिमेन्टपछि जगदम्बा, सर्वोत्तम र सौर्यलगायत सिमेन्ट उद्योग पनि निर्यातको तयारीमा छन् । मङ्सिर महिनादेखि नेपालमा विकास निर्माणको समय सुरु भए तापनि सिमेन्ट खपत नभएको व्यवसायीले बताएका छन् । सिमेन्ट उत्पादन सङ्घका उपाध्यक्ष ताराप्रसाद पोखरेलले विकास निर्माणको सुरु भए तापनि सिमेन्टको मागमा वृद्धि नभएको बताए।

उनका अनुसार बजारमा माग नहुँदा अधिकांश सिमेन्ट उद्योगले क्षमताको आधाभन्दा पनि कम उत्पादन गर्दै आएका छन् । हाल ३० प्रतिशतमात्र सिमेन्ट खपत भएको उनको भनाइ छ । 

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार  ३ : ४६ बजे

काठमाडौं महानगरद्वारा सार्वजनिक स्थानहरूमा भित्ते चित्र लेखन पुनः सुरु

काठमाडौं । मौलिक तथा प्राचीन महत्वका चित्रकलाबाट सहरको सुन्दरता अभिवृद्धि

विजय प्रमुख भूमिकामा रहेको पहिलो फिल्म नै ‘सुपरहिट’

काठमाडौं– साढे एक दर्जन फिल्ममा सहायक भूमिकामा अभिनय गरेका कलाकार

उपप्रधानमन्त्री सिंहद्वारा विश्वसामु जलवायु न्यायको माग

काठमाडौं – उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालमा जलवायु

डुबेका ६ सहकारीका ६९ जना बचतकर्ता बिरामी र अशक्त

काठमाडौं– सरकारले समस्याग्रस्त सहकारी घोषणा गरेका ६ वटा सहकारीका ६९

आजका समाचार : रविको म्याद थपिँदा मनाङे दोषी, देशभर छठको रौनक र ट्रम्प र ह्यारिसबीच कडा टक्कर

रविलाई थप १० दिन हिरासतमा राख्ने अनुमति सहकारी ठगी प्रकरणमा