उपराष्ट्रपतिबारे आयोगको निर्णय संविधानको व्यवस्थाविपरीत : उपसभापति खड्का « Khabarhub

उपराष्ट्रपतिबारे आयोगको निर्णय संविधानको व्यवस्थाविपरीत : उपसभापति खड्का


२६ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्वाचन आयोगको उपराष्ट्रपतिको उम्मेदवार महिला हुनुपर्ने निर्णयप्रति नेपाली कांग्रेस र माओवादी केन्द्रको मतभेद देखिएको छ । खसआर्य समुदायका पुरुष रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएकाले आयोगले पुरुष र खसआर्य समुदायबाहेकबाट उपराष्ट्रपतिको उम्मेदवार बनाउनुपर्ने भन्दै अन्यथा मनोनयन दर्ता नगर्ने निर्वाचन अधिकृतलाई निर्देशन दिने निर्णय गरेको छ । 

उक्त निर्णयप्रति कांग्रेस र माओवादीको मतभेद देखिएको हो । आयोगको निर्णयपछि नौ दलीय गठबन्धनको कांग्रेस उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलको बैठक बसेको थियो ।  बैठकपछि बाहिरिने क्रममा कार्यदल संयोजक तथा कांग्रेस उपसभापति खड्काले राष्ट्रपति र उपराष्ट्रपतिबारे निर्वाचन आयोगको निर्णय संविधानको व्यवस्थाविपरीत रहेको प्रतिक्रिया दिए । 

सिंहदरबारमा बसेको सत्ता साझेदार ९ दलको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उपसभापति खड्काले आयोगको निर्णय र प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको भनाइ संविधान अनुकूल नरहेको बताएका हुन् ।

संविधानविपरीत आयोगले निर्णय गरेको भन्दै उनले भने, ‘फरक लिंग वा फरक समुदाय भन्नाले अनिवार्य उपराष्ट्रपति महिला हुनुपर्छ । अथवा राष्ट्रपति र उपराष्ट्रपति महिला-पुरुष हुनुपर्छ भन्ने व्यवस्था संविधानमा गरिएको छैन ।’ 

तर, आयोगको निर्णय संविधानसम्मत रहेको माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले बताए । सोही कार्यदलको बैठकबाट बाहिरिने क्रममा उनले आयोगले जारी गरेको वक्तव्य संविधानभन्दा बाहिर नरहेको बताए । संविधान र कानुनको मर्म र भावनाअनुसार नै उपराष्ट्रपति चयन गर्नुपर्ने उनको भनाइ छ । 

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार  ५ : २२ बजे

अब सवारी दर्ता तथा नामसारीका लागि सवारी धनी स्वयं यातायात कार्यालयमा उपस्थित हुन नपर्ने !

काठमाडौं– नयाँ तथा पुराना सवारी साधनको दर्ता र नामसारी प्रक्रियालाई

नयाँ सहर आयोजनाबाट २९ करोड ५० लाखका पूर्वाधार योजना कार्यान्वयन हुँदै

दमौली- नयाँ सहर आयोजना कार्यालय डुम्रे भन्सारले चालु आर्थिक वर्ष २०८३/८४

मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु

सुनसरी- सुनसरीको कोशी गाउँपालिकामा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ

कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँ : मन्त्री गौतम

चितवन– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले कानुन संसोधन

ओलीले भने- एमालेविरुद्धको घेराबन्दी जारी छ, दमन भए आन्दोलनमा उत्रिनुपर्छ

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेविरुद्धको घेराबन्दी अझै