नेपाली दूतावास कुवेतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न « Khabarhub

नेपाली दूतावास कुवेतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न


२७ फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

दोहा – नेपाली दूतावास कुवेतको आयोजनामा त्यहाँ कार्यरत नेपालीहरूको स्वास्थ्य स्थितिलाई मध्यनजर गर्दै दूतावास परिसरमा शुक्रबार एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

शिविरमा कुवेतमा कार्यरत चिकित्सकहरूले उपस्थित नेपालीहरूको प्रारम्भिक स्वास्थ्य परीक्षण रक्तचाप, ब्लड सुगर (मधुमेह), हड्डी, दाँत, गिजा, मुख आदिको परीक्षण गर्नुका साथै बाल दन्त चिकित्सक डा. सुमन्त मिश्राले दाँत तथा मुखको स्वास्थ्य जानकारी दिएका थिए ।

कार्यक्रममा कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले शिविरको महत्त्वबारे प्रकाश पार्दै, दूतावासको आह्वानलाई स्वीकार गरी शिविरमा उत्साहपूर्वक उपस्थित भएकोमा स्वास्थ्य परीक्षणमा सहभागी सबैलाई धन्यवाद दिए ।

राजदूत भण्डारीले कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न चिकित्सकहरूको सेवा निःशुल्क उपलब्ध गराउने स्थानीय हाला सुपर स्पेशलिटी मेडिकल सेन्टरका सीईओ नासिर अहमद याकुबले सेवा प्रदान गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई विशेष धन्यवाद दिएका थिए ।

प्रकाशित मिति : २७ फाल्गुन २०७९, शनिबार  ७ : ४३ बजे

पहिरोले बीपी राजमार्ग अवरुद्ध

काभ्रे– काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीबेँसीमा लेदोसहितको पहिरो खसेपछि बीपी राजमार्ग

स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण

चितवन– चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालको भगिनी संस्था सिएमसी

भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

म्याग्दी- दसैँका लागि भेडाच्याङ्ग्रा बेच्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार

मनसुनी वायुको प्रभाव कायमै, यी भूभागमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा