कांग्रेस महामन्त्री शशांक कोइराला चढेको कार बाढीमा डुबेपछि… « Khabarhub

कांग्रेस महामन्त्री शशांक कोइराला चढेको कार बाढीमा डुबेपछि…


२७ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विगत ३ दिनदेखि जारी अबिरल वर्षाका कारण देशभर बाढी र पहिरोको प्रकोप बढेको छ ।

लगातारको वर्षाका कारण संघीय राजधानी काठमाडौंका विभिन्न क्षेत्र पनि डुवानमा परेका छन् ।

डुवानका कारण सर्वसाधारणले सास्ती व्यहोर्नु परिरहेको छ । काठमाडौं उपत्यकामा भएको डुवानका कारण नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पनि सास्ती खेप्नु परेको छ ।

शुक्रबार बिहान बागमती करिडोर हुँदै सानेपास्थित पार्टी कार्यालय जान लागेका कोइरालाले टेकु पुलमुनि जमेको पानीका कारण केहीबेर सास्ती खेप्नुपर्‍यो ।

कोइराला चढेको बा१७च ६६३४ नम्बरको कार टेकु पुलमुनि जमेको पानीमा डुब्न पुग्यो । पानीमा डुबेको कार निकाल्न अर्को गाडीको सहयाता नै लिनु परेको थियो ।

कोइरालाको कार पानीमा डुबेपछि अर्को गाडी बोलाइ रसीले बाँधेर निकाल्नु परेको थियो ।

आफू सवार कार पानीमा डुबेपछि कोइराला भने गाडीबाट उत्रिएर केहीबेर सडक छेउको चिया पसलमा रोकिएका थिए ।

बाढीको पानीमा डुबेको कार निकालेर सफा गरिसकेपछि कोइराला पार्टी कार्यालयतर्फ लागेका थिए ।

प्रकाशित मिति : २७ असार २०७६, शुक्रबार  ३ : १९ बजे

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि

थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी

एजेन्सी – कम्बोडियाले बुधबार थाइ सेनाले बान्टे मिन्चे प्रान्तमा क्लस्टर

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी

रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अझ व्यवस्थित बनाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका