कांग्रेस महामन्त्री शशांक कोइराला चढेको कार बाढीमा डुबेपछि… « Khabarhub

कांग्रेस महामन्त्री शशांक कोइराला चढेको कार बाढीमा डुबेपछि…


२७ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विगत ३ दिनदेखि जारी अबिरल वर्षाका कारण देशभर बाढी र पहिरोको प्रकोप बढेको छ ।

लगातारको वर्षाका कारण संघीय राजधानी काठमाडौंका विभिन्न क्षेत्र पनि डुवानमा परेका छन् ।

डुवानका कारण सर्वसाधारणले सास्ती व्यहोर्नु परिरहेको छ । काठमाडौं उपत्यकामा भएको डुवानका कारण नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पनि सास्ती खेप्नु परेको छ ।

शुक्रबार बिहान बागमती करिडोर हुँदै सानेपास्थित पार्टी कार्यालय जान लागेका कोइरालाले टेकु पुलमुनि जमेको पानीका कारण केहीबेर सास्ती खेप्नुपर्‍यो ।

कोइराला चढेको बा१७च ६६३४ नम्बरको कार टेकु पुलमुनि जमेको पानीमा डुब्न पुग्यो । पानीमा डुबेको कार निकाल्न अर्को गाडीको सहयाता नै लिनु परेको थियो ।

कोइरालाको कार पानीमा डुबेपछि अर्को गाडी बोलाइ रसीले बाँधेर निकाल्नु परेको थियो ।

आफू सवार कार पानीमा डुबेपछि कोइराला भने गाडीबाट उत्रिएर केहीबेर सडक छेउको चिया पसलमा रोकिएका थिए ।

बाढीको पानीमा डुबेको कार निकालेर सफा गरिसकेपछि कोइराला पार्टी कार्यालयतर्फ लागेका थिए ।

प्रकाशित मिति : २७ असार २०७६, शुक्रबार  ३ : १९ बजे

ऊर्जा निर्भरताबाट जोगिन रुबियोको चेतावनी

एथेन्स- अमेरिकी विदेशमन्त्री मार्को रुबियोले कुनै एक क्षेत्र वा व्यापारिक मार्गमा

एमाले कार्यालय पुगिन् वरिष्ठ नेता भण्डारी

काठमाडौं–  नेकपा (एमाले) की वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

आन्दोलनरत रेजिडेन्ट डाक्टरसँग शिक्षा मन्त्रालयको छलफल, के थियो गुनासो ?

काठमाडौं– वीरगन्जस्थित नेशनल मेडिकल कलेजका रेजिडेन्ट डाक्टरहरूले आफूहरूले भोग्दै आएका

 फेरि अभिभावक बन्दै कियारा र सिद्धार्थ

काठमाडौं– बलिउडको चर्चित जोडी कियारा आडवाणी र सिद्धार्थ मल्होत्राको घरमा

चिम्पान्जी, पाण्डालगायत क्यारेक्टरसहित मत माग्न व्यस्त उम्मेदवार (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत मतदान सुरू हुनुअघि उम्मेदवारहरू