फ्यानको बारम्बार उही प्रश्न: राजेश दाइ, बुवा कहिले बन्ने? « Khabarhub

फ्यानको बारम्बार उही प्रश्न: राजेश दाइ, बुवा कहिले बन्ने?


२९ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – महानायक राजेश हमालको बिहे नहुँदासम्म फ्यान र र उनी निकटले सधै सोध्ने प्रश्न हुन्थ्यो, तपाईंले बिहे कहिले गर्ने ? उनलाई यो प्रश्नले हैरानी दिने गर्थ्यो । त्यसो त हमाल सधै मिडियामा छाउने र धेरै अन्तर्वार्ता दिन रुचाउने अभिनेतामा पर्दैनन् ।

फिल्मी करिअरमा केही ब्याक गियर लागे पनि उनको व्यस्तता घट्दो छैन । सधै उस्तै व्यस्त छ । बेलाबेलामा फ्यानबीच ट्रोल हुँदा पनि उनी रमाइलो मानिरहेका हुन्छन् । हमालले मधु भट्टराईसँग बिहे गरेपछि बारम्बार सोधिँदै आएको प्रश्न ‘बिहे कहिले गर्ने?’ भन्ने प्रश्नबाट पन्छेका छन् ।

तर, आजभोलि भने हमाललाई ‘बिहे कहिले गर्ने ?’ को सट्टा कहिले बच्चा कहिले पाउने भन्ने प्रश्नले हैरान गरेको छ । एक अन्तर्वार्तामा हमालले भनेका थिए, ‘बच्चा पाउन मैले मात्र चाहेर हुने कुरा होइन, यसमा पत्नी मधुको पनि इच्छा हुनुपर्छ ।’

उनको भनाइअनुसार हमाल दम्पति अझै पनि बाबुआमा बन्नका लागि तयार छैनन् । यी दुवै खुशी जीवन बिताइरहेका छन् । फ्यानले बारम्बार बिहे कहिले गर्ने भनेर प्रश्न सोधिरहेपछि हमालले पनि भन्ने गरेका छन्, अब बिस्तारै बाबु बन्नुपर्छ ।

नेपाली फिल्म क्षेत्रका सेलिब्रेटीमध्ये बिहे र व्यक्तिगत जीवनबारे फ्यानले धेरैले चासो राख्ने अभिनेता पनि हमाल नै हुन् । आफूमाथि बनेका कमेडी कुरालाई पनि मजाक बनाइदिने हमालले झन् आजभोलि त बाबु कहिले भन्ने प्रश्नलाई पनि मजाककै रुपमा लिने गरेका छन् ।

पत्रकारले यो प्रश्न सोधिहाले भने यसलाई ठट्टाकै रुपमा लिन्छन् । हमालले मात्र होइन, अन्य कलाकारले पनि राजेश हमाल बाबु नबनेको विषयलाई लिएर व्यङ्ग्य गरिरहेका हुन्छन् ।

केही समयअघि ‘प्रेम गीत ३’मा प्रदीप खड्काका बाबु बन्ने हल्ला थियो । तर, अन्तिम समयमा आएर हमालले उक्त भूमिकामा अभिनय नगर्ने जानकारी दिए । अब वास्तविक जीवनमा कहिले उनलाई बाबु बन्ने मौका जुर्ला भन्नेमा फ्यानको निकै चासो छ ।

प्रकाशित मिति : २९ असार २०७६, आइतबार  ११ : ४६ बजे

जितु र बरुणको भेट किन चर्चामा छ ?

काठमाडौं – कलाकार जितु नेपाल र बलिउड सुपरस्टार बरुण धवन

प्रतिनिधिसभा निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन सबैलाई

बंगलादेशका अन्तरिम प्रमुख युनुसको राजीनामा अघि भारत लक्षित विवादास्पद अभिव्यक्ति

काठमाडौं– बंगलादेशका अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसले पदबाट राजीनामा दिनुअघि

प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपत्र छपाइ सकियो

भक्तपुर– आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

मकै पोलेर आम्दानी

मोरङ– बेलबारी नगरपालिका–८ राधानगरकी प्रमिला राईले विगत सात वर्षदेखि पूर्वपश्चिम