उत्कृष्ट लोगो बनाउनेलाई बेनी नगरपालिकाले २५ हजार रुपैयाँ दिने « Khabarhub

उत्कृष्ट लोगो बनाउनेलाई बेनी नगरपालिकाले २५ हजार रुपैयाँ दिने


१ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- म्याग्दीको बेनी नगरपालिकाले आफ्नो प्रतीक चिह्न लोगो बनाउनेलाई २५ हजार रुपैयाँ दिने भएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै नगरपालिकाको प्रष्ट पहिचान झल्किने गरी लोगो निर्माण गर्न इच्छुक व्यक्तिका लागि सार्वजनिकरूपमा आह्वान गरेको हो ।

लोगो निर्माण गर्दा बेनी नगरपालिकाको नाम, पहिचान र नेपालको झण्डा अनिवार्य हुनुपर्ने तथा कुनै पनि जातीय विभेद, साम्प्रदायिकता, सार्वभौमिकता, राष्ट्रिय एकता र अखण्डतामा आँच आउने सङ्केत प्रयोग गर्न नपाइने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ढोलकराज ढकालले बताए ।

उनले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र लोगो बनाएर खामबन्दीमार्फत नगरकार्यपालिकाको कार्यालयमा पठाउनु पर्ने बताए । छनोट समितिले उत्कृष्ट लोगो छनोट गर्ने र छनोटमा परेका डिजाइनकर्तालाई एक कार्यक्रम गरी सम्मान गरिने सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार  ९ : २४ बजे

फेवातालमा हावाहुरीले पल्टायो डुंगा, दुई भारतीय पर्यटकको उद्धार

काठमाडौँ । सशस्त्र प्रहरीले फेवातालबाट दुई जना भारतीय पर्यटकको सकुशल

उपकुलपतिका उम्मेदवारहरूलाई अन्तर्वार्तामा बोलाइयो

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले विभिन्न विश्वविद्यालयमा उपकुलपतिका लागि

११ महिनामा सरकारको झण्डै ११ खर्ब राजस्व उठायो

काठमाडौँ : सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ

बडीकेदारका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बडीकेदार गाउँपालिका डोटीका तत्कालीन अध्यक्ष

संघसंगठनका कार्यालयहरू सरकारी भवनबाट हटाउन जिल्ला प्रशासन काठमाडौँको निर्देशन

काठमाडौँ : जिल्ला प्रशासन कार्यालय काठमाडौँले जिल्लाका सरकारी निकायमा कार्यरत