सप्तरीमा सेनाको स्वास्थ्य शिविर, १ दिनमा १२ सयलाई उपचार सेवा | Khabarhub Khabarhub

सप्तरीमा सेनाको स्वास्थ्य शिविर, १ दिनमा १२ सयलाई उपचार सेवा


१ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– नेपाली सेनाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको सहकार्यमा सप्तरीको राजविराजमा वृहत निःशुल्क संयुक्त शल्यचिकित्सा घुम्ती शिविर सञ्चालन गरेको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले एक कार्यक्रमका बीच बुधवार शिविरको उद्घाटन गरे ।

शिविरमा प्रतिदिन १ हजार २ सय जनालाई स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य लिइएको छ । फागुन ११ गतेसम्म चल्ने घुम्ती शिविरमा जटिल स्वास्थ्य समस्याका ६, मध्यमखाले समस्याका १५ र सामान्य २० गरी ४१ जनाको सर्जरी गरिने लक्ष्य लिइएको सैनिक जनसम्पर्क निर्देशनालयले जानकारी दिएको छ ।

शिविरमा ईएनटी, अर्थो, गाईनो, साईक्याट्री, सर्जरी र आँखाको उपचार गरिने छ । शिविरमा सहभागी हुने बिरामीले विहान ६ बजेदेखि ९ बजेसम्म नाम दर्ता गराउन पाउनेछन् । ओपीडी समय विहान ९ देखि साँझ ५ बजेसम्म सञ्चालन हुने छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार  ६ : ५३ बजे

मुख्यमन्त्री यादवद्वारा आगलागी प्रभावित क्षेत्रको निरीक्षण

जनकपुरधाम– मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले आज महोत्तरीकी मठिहानी

इलाम र बझाङमा उपनिर्वाचन : मतदातामा देखिएन उत्साह, ०७९ मा भन्दा कम मत खस्यो

काठमाडौं– इलाम र बझाङको उपनिर्वाचनमा मतदान सकिएको छ । दुवै

उपनिर्वाचनमा मुढाको ब्राण्डिङ !

काठमाडौं – डोरी, बाँसका कप्टेरा र थोत्रे टायर प्रयोग गरेर

परिवर्तनकारी शक्तिहरू एकताबद्ध हुनुपर्छ : माधव नेपाल

मनहरी– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले

बझाङमा आजै मतगणना नगरिने

काठमाडौं– बझाङ प्रदेश सभा क्षेत्र नं. १ को मतगणना आज