माछापुच्छ्रेका कृषकलाई गोठ र खोर सुधारका लागि अनुदान « Khabarhub

माछापुच्छ्रेका कृषकलाई गोठ र खोर सुधारका लागि अनुदान


२ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

कास्की– माछापुच्छ्रे गाउँपालिका कृषकलाई गाईभैँसीको गोठसहित बाख्राको खोर सुधार कार्यक्रमका लागि अनुदान वितरण गर्ने भएको छ । गाउँपालिकाले – पशु सेवा शाखाको समन्वयमा गोठ र खोर सुधार कार्यक्रमअन्तर्गत ८२ कृषक तथा फार्मलाई अनुदान दिने भएको हो ।

पालिकाबाट दैनिक १० हजार लिटर दूध बिक्रीका लागि पोखरा बजारमा ल्याउने गरिन्छ । यहाँको व्यावसायिक पशुपालन फस्टाएको छ । गाउँपालिकाका नौ वडाका कृषकले पशुपालनबाट राम्रो आम्दानी गरिरहेका छन् । पशुपालनलाई व्यावसायिक बनाएर कृषकलाई समृद्ध बनाउन पालिकाले सहयोग गर्दै आएको छ ।

कृषकको अवस्थाका बारेमा अनुगमन गरी प्राविधिक प्रतिवेदनका आधारमा लाभग्राही कृषक छनोट गरिएको प्रमुख प्रशासकीय अधिकृत बेदहरि अधिकारीले बताएका छन् । उनका अनुसार छनोट भएका कृषकसँग एक हप्ताभित्र सम्झौता गरिने छ । व्यावसायिक कृषकलाई उत्पादनमुखी बनाउने, निर्वाहमुखी पशुपालनलाई व्यावसायिक बनाउने र व्यावसायिक कृषकलाई व्यवसायको भार कम गर्ने उद्देश्यले अनुदान उपलब्ध गराउन लागिएको जनाइएको छ ।

कृषकलाई ५० प्रतिशत लागत साझेदारीमा पालिकाले  सात हजारदेखि २० हजारसम्म नगद उपलब्ध गराइनेछ । छनोट भएकामध्येमा ३६ लाई प्रतिकृषक २० हजार र बाँकीलाई रू सात हजार उपलब्ध गराइने गाउँपालिकाका पशु सेवा शाखा प्रमुख रामचन्द्र पौडेलले जानकारी दिए ।

फार्म दर्ता भएका र धेरै सङ्ख्यामा पशुपालन गर्नेका लागि २० हजार र थोरै सङ्ख्यामा पशुपालन गरेर जीविकोपार्जन गरिरहेका साना कृषकका लागि सात हजारका दरले उपलब्ध गराइने छ । त्यस्तै पालिकाले उत्पादनका आधारमा ‘प्रोत्साहन कार्यक्रम’अन्तर्गत दूधमा प्रतिलिटर  एक अनुदान दिने भएको छ । चालु आवमा दूधमा अनुदानका लागि २० लाख बजेट विनियोजन गरिएको उनले बताए ।

यसैगरी गाउँपालिकाले छ हजार नौ सय केजी बर्खे घाँसको बीउ कृषकलाई वितरण गरेको छ । पशु उत्पादन लागत कम गर्न र घाँसमा आधारित पशु आहाराका लागि सुडान र टिओसेन्टीक घाँसको बीउ वितरण गरिएको पशु शाखाले जनाएको छ ।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहीबार  ४ : ५२ बजे

आजको मौसम पूर्वानुमान : पाँँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

बाढीबाट भएको क्षतिको यथार्थ मूल्याङ्कन गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौँ – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले भोटेकोशी बाढीले निम्त्याएको तत्कालीन

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

किम्रुङ खोलाको बहाव रोकिएपछि कास्की र पर्वतमा उच्च सतर्कता : कस्तो छ जोखिम ?

काठमाडौँ – कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलाको बहाव एक्कासि

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर