अध्यक्षकप भलिबल प्रतियोगिताको उपाधि पाथीभरा याङ्वरकलाई | Khabarhub Khabarhub

अध्यक्षकप भलिबल प्रतियोगिताको उपाधि पाथीभरा याङ्वरकलाई


३ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ – सिरीजङ्घा गाउँपालिकाद्वारा आयोजित दोस्रो संस्करणको अध्यक्षकप भलिबल प्रतियोगिताको उपाधि पाथीभरा याङ्वरकले जितेको छ । बिहीबार सम्पन्न फाइनल खेलमा फुङलिङ नगरपालिकालाई ३–१ को सेटमा पराजित गर्दै पाथीभरा याङ्वरकले उपाधि हात पारेको हो ।

पाथीभरा याङ्वरकले फुङलिङलाई २५–१५, २५–१९, २१–२५ र २५–१६ अङ्कले फाइनल खेल जितेको हो । विजेताले दुई सय ९२ तोला चाँदीजडित सिरिजङ्गा लिपिको ट्रफीका साथ रु दुई लाख ५५ हजार पाँच सय ५५ पुरस्कार प्राप्त गरेको छ । यस्तै द्वितीय हुने फुङलिङले रु एक लाख ३३ हजार तीन सय ३३ तथा सान्त्वना पुरस्कारस्वरुप मेरिङ्देन गाउँपालिका र सिरीजङ्घा गाउँपालिकाले रु ४४ हजार चार सय ४४ प्राप्त गरेका छन् ।

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी पाथीभरा याङ्वरकका गिरिराज श्रेष्ठ, उत्कष्ट ब्लकर फुङ्लिङका भवानी भट्टराई, उत्कृष्ट लिफ्टर पाथीभराका विनोद कार्की, उत्कृष्ट सर्भर फुङ्लिङका अभिषेक भट्टराई, अलराउण्डर फुङ्लिङकै अभिषेश राई, उत्कृष्ट स्पाइकर पाथीभराका लमन दोर्जे तामाङ, डिफेन्स रविन इजम, उदीयमान खेलाडी पाथिभराकै बाबुराम बुढाथोकी तथा उत्कृष्ट प्रशिक्षक सिरीजङ्घाका शिव तोलाङ्गी घोषित भए । प्रतियोगिता गत सोमबारदेखि सञ्चालन भएको थियो ।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  ८ : ३२ बजे

भोजपुरमा मतदाता नामावली सङ्कलनमा उत्साहजनक सहभागिता

भोजपुर- आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई

नलिनिकान्तका ‘हेरिटेज इन्डिया’ काठमाडौँमा प्रदर्शन

काठमाडौँ- भारतको गुजरात राज्यका अग्रज छविकार (४५ वर्षदेखि फोटोग्राफीमा सक्रिय)

जेन-जी आन्दोलनका घटनामा ३७५ जना पक्राउ

काठमाडौँ- भाद्र २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा

सशस्त्र प्रहरी अस्पतालमा नर्सिङ अध्ययन सुरु

काठमाडौँ- सशस्त्र प्रहरी बल नेपालले स्वास्थ्य उपचारको क्षेत्रमा दक्ष जनशक्ति

एमाले अध्यक्ष ओली र झलनाथ खनालबीच भेटवार्ता

भक्तपुर– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा(समाजवादी)का सम्मानित