उपराष्ट्रपति मैले जित्नेमा ढुक्क छु : अष्टलक्ष्मी शाक्य « Khabarhub

उपराष्ट्रपति मैले जित्नेमा ढुक्क छु : अष्टलक्ष्मी शाक्य


३ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उपराष्ट्रपति पदकी उम्मेदवार अष्टलक्ष्मी शाक्यले आफू निर्वाचित हुनेमा ढुक्क रहेको बताएकी छन्।

उपराष्ट्रपतिको निर्वाचन स्थलमा सञ्चारकर्मीहसँग उनले आवश्यकताको कारण आफू उपराष्ट्रपतिमा उठेको बताएकी हुन्।

पुरुष राष्ट्रपति बनाइसकेपछि उपराष्ट्रपतिमा महिला नउठाएर सत्ता गठबन्धनका दलहरुले संविधानको गलत ट्रेन बसालेको टिप्पणी गरेकी छन्।

उम्मेदवार शाक्यले अहिले संविधानतः पुरुष उम्मेदवार बनाउनै नहुने संविधानको मर्मलाई मारेर संविधानको भावनाअनुरुप गलत ट्रेन बसाएको आरोप लगाइन्।

‘यो मेरो चाहनाको विषयभन्दा पनि आवश्यक्ताको विषय हो। पार्टीले पनि त्यो आवश्यक्ता महशुस गर्‍यो, स्थितिले पनि महशुस गरायो।’ उनले भनिन्।

अहिले मतदान जारी छ। निर्वाचनमा सङ्घीय संसद्का तीन सय ३२ र प्रदेशसभाका पाँच सय ५० सांसद मतदाता छन्।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  १२ : ४४ बजे

जापानले जुलाईदेखि भिसा शुल्क पाँच गुणा वृद्धि गर्ने

एजेन्सी– जापानी सरकारले जुलाईदेखि विदेशीहरूको लागि एकल–प्रवेश भिसा शुल्क तीन

मधेसमा ११ महिनामा ३० अर्ब १७ करोड राजस्व संकलन

जनकपुरधाम– मधेस प्रदेश सरकारले चालु आर्थिक वर्षको ११ महिनामा ३०

हेलम्बु हिमालयन ग्रेट ट्रेलमा पर्यटक (तस्बिरहरू)  

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको हेलम्बु क्षेत्रमा निर्माण भइरहेको ‘हेलम्बु हिमालयन ग्रेट ट्रेल’

रोजगारी मेलाबाट झापामा दुई सय ८५ जनाले पाए जागिर

सुरुङ्गा– अर्जुनधारा नगरपालिका र बिर्तामोड नगरपालिकाले सञ्चालन गरेका रोजगारी मेलाबाट

युद्धविरामका बीच लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु

एजेन्सी– लेबनानको दक्षिणी क्षेत्रमा शनिबार भएको ताजा इजरायली आक्रमणमा पाँच