सेनाको बाहिनीपति ट्रफीको उपाधि वीरभद्रजङ्ग गुल्मलाई « Khabarhub

सेनाको बाहिनीपति ट्रफीको उपाधि वीरभद्रजङ्ग गुल्मलाई


३ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कञ्चनपुरको महेन्द्रनगरमा आज सम्पन्न नेपाली सेनाको बाहिनीपति ट्रफी भलिबल प्रतियोगिताको उपाधि वीरभद्रजङ्ग गुल्म बझाङले जितेको छ ।

महेन्द्रनगर श्री नं २५ बाहिनी अड्डा भगतपुर ब्यारेकको आयोजनामा प्रतियोगिताको फाइनलमा श्रीदल गुल्म कञ्चनपुरको टिमलाई तीन सोझो सेटले पराजित गर्दै वीरभद्र जङ्ग गुल्मले उपाधि जितेको हो ।

प्रतियोगिताको उपाधि विजेता गुल्मलाई श्री नं २५ बाहिनी अड्डाका बाहिनीपति सहायकरथी पुरुषोत्तम ढकालले ट्रफी र प्रमाणपत्रबाट पुरस्कृत गरे । साथै प्रतियोगितामा उपाधि विजेता गुल्मका सिपाही राजेन्द्र धामी उत्कृष्ट खेलाडी घोषित भएका छन् । लिग चरणको भलिबल प्रतियोगितामा बाहिनीअन्तर्गत कार्यरत चार गुल्म प्रतिस्पर्धामा उत्रिएका थिए ।

सेनाले बाहिनीस्तरबाट खेलाडी छनोट गरी टिम बनाएर आगामी चैत महिनामा सञ्चालन हुने सुदूरपश्चिम पृतनापति ट्रफी–२०७९ मा सहभागी गराउने जनाएको छ । समापन समारोहमा बाहिनीपति सहायक रथी ढकालसँगै बाहिनीकै प्रमुख सेनानी दिवाकर रायमाझी, श्रीदल गुल्मका गुल्मपति सेनानी पृथबहादुर श्रेष्ठलगायत सैनिक अधिकृतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  १० : ०४ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको