‘वुमन इन डेटा’ विषयक कन्फरेन्स सम्पन्न « Khabarhub

‘वुमन इन डेटा’ विषयक कन्फरेन्स सम्पन्न


४ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सिक्वल फाउन्डेसनले युके एड, डेटा फर डेभलपेन्ट र द एशिया फाउन्डेसनको सहकार्यमा राजधानीमा आयोजना गरेको डेटा कन्फरेन्स सम्पन्न भएको । शनिबार होटेल हायातमा ‘वुमन इन डेटा’ विषयमा कन्फरेन्स सम्पन्न भएको हो । कन्फरेन्समा महिला उद्यमशीलताका क्षेत्रमा सरकार, नागरिक समाज र शिक्षाको भूमिकाबारे छलफल भएको थियो ।

कन्फरेन्समा महिला उद्यमीका लागि डिजिटल र वित्तीय साक्षरता, डेटामा महिलाको सहभागिताबारे सार्वजनिक क्षेत्रको दृष्टिकोण, डेटा भिजुअलाइजेसन, डेटाको भविष्यलगायतका विषयमा वक्ताहरुले आफ्नो धारणा राखेका थिए ।

कन्फरेन्समा १० डीएसकी निर्देशक डा. लौरा गिलवर्ट, वुमन इन डेटा स्टेरिङ कमिटीकी सह संस्थापक नहसला जोशी, गिगप्रोकी वरिष्ठ विजनेस इन्टेलिजेन्स म्यानेजर जे मिसेल मराज, राष्ट्रिय तथ्यांक कार्यालयकी उपप्रमुख तथ्यांक अधिकारी मुन्नी चौधरी र ७५७ कोल्याबकी रणनीतिक साझेदारी प्रमुख इलिना ब्रेवेयरको उपस्थिती रहको थियो ।

त्यसैगरी कन्फरेन्समा काठमाडौं विश्वविद्यालयको गणित विभागकी प्राध्यापक ज्योती देवकोटा, मिस युनिभर्स २०२१ सुजिता बस्नेत, आन्ट्रप्रेरणाका सहसंस्थापक निरज खनाल, राष्ट्रिय आदिवासी महिला महासंघ नेपालकी संस्थापक स्टेला तामाङ र काठमाडौं महानरपालिकाको महिला विकास महाशाखाकी प्रमुख महेश्वरी विष्ट रावल सहभागी थिए ।

त्यस्तै उक्त कन्फरेन्समा वुमन लिड नेपालकी कार्यकारी निर्देशक हिमा विष्ट, अनुसन्धानकर्ता डा. प्रणव दाहाल, एपीवान टिभीका प्रस्तोता पीट्टर राई र प्रार्थना नेपालकी संस्थापक सरिता लामिछाने पनि सहभागी थिए ।

 

प्रकाशित मिति : ४ चैत्र २०७९, शनिबार  ७ : ०४ बजे

विश्वकपमा गुलाबीको बुटको फेसन

काठमाडौं – जारी फिफा विश्वकप एउटा नयाँ ट्रेन्डले चर्चा पाएको

कर्णाली दुर्घटना : सोनार क्यामरा र चुम्बकसहित १० गोताखोरबाट खोजी सुरु

दैलेख- सुर्खेतबाट कालिकोटतर्फ जाँदै गर्दा कर्णाली राजमार्गको दैलेखस्थित चामुण्डा बिन्द्रासैनी

विश्वकप लिग-२ खेल्ने नेपाली टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं- नेदरल्यान्ड्समा आयोजना हुने आईसीसी विश्वकप क्रिकेट लिग-२ को त्रिकोणात्मक

पत्रकार महासङ्घलाई सञ्चारमन्त्रीको आग्रह- नाजायज र गैरकानुनी कुरा बोकेर मन्त्रालयमा नआउनुहोला

ललितपुर– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सञ्चार क्षेत्रका समस्या

घरेलु तथा साना उद्योग महासङ्घको २६औँ महाधिवेशन प्रारम्भ

काठमाडौं– लघु, घरेलु तथा साना उद्यमीहरूको छाता सङ्गठन नेपाल घरेलु