व्यवसायीका समस्या समाधान गर्न महासंघको वरिष्ठ उपाध्यक्षमा आफ्नो उम्मेदवारी : उमेशलाल श्रेष्ठ « Khabarhub

व्यवसायीका समस्या समाधान गर्न महासंघको वरिष्ठ उपाध्यक्षमा आफ्नो उम्मेदवारी : उमेशलाल श्रेष्ठ


५ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका उमेशलाल श्रेष्ठले साना, मझौलादेखि ठूला व्यवसायीका समस्या समाधान गर्नका लागि आफूले उम्मेदवारी दिएको जनाएका छन् ।

उनले साना, मझौला र ठूला व्यवसायलाई आफूले सुक्ष्म तरिकाबाट बुझेको र ती समस्या समाधानका लागि आफूले उम्मेदवारी दिएको बताएका हुन् ।

‘महासंघको विधानअनुसार चैत २९ गतेपछि वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल स्वतः अध्यक्ष हुनुहुन्छ,’ गोरखा उद्योग वाणिज्य संघको ४७ औं साधारणसभामा उनले भने, ‘उद्योगी व्यवसायीका समस्या समाधान गर्नका लागि चन्द्रजीको सारथी भएर काम गर्न अहिले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेको छु ।’

अहिले महासंघको पुरानो साख जोगाउने बेला आएको भन्दै श्रेष्ठले त्यसका लागि चन्द्र ढकालको टिममा आफू वरिष्ठ उपाध्यक्ष भएर गएपछि काम गर्न सकिने जानकारी दिए ।

यसैगरी उनले अहिले उद्योगी व्यवसायीहरु एक नभएकै कारणले राज्यले निजी क्षेत्रको मुद्दामा चासो नदिएको भन्दै उनले अबका दिनमा समग्र उद्योगी व्यवसायी एक ढिक्का भएर अघि बढनुको विकल्न नरहेको बताए । ‘अहिले हामी उद्योगी व्यवसायीहरु आन्दोलनमा छौं तर सरकारले हाम्रा माग सम्बोधन गर्न चासो देखाएका छैन,’ उनले भने, ‘देशको अर्थतन्त्र चलायमान बनाउन ७० प्रतिशतभन्दा बढी योगदान दिने निजी क्षेत्रलाई सरकारले उपेक्षा गर्नु हाम्रो दुर्भाग्य हो ।’

बैंक र ऋणी भन्दा पनि नियामक निकायले गर्दा अहिले बैंक ब्याजदरको समस्या देखिएको भन्दै उनले तत्काल वार्ताको माध्यमबाट समस्या समाधान गर्नुपर्ने बताए । ‘अहिलेको मुख्य समस्या नियामक निकायमा छ किनभने नियम कानून बनाउँदा सरकारले बैंकलाई बढी संरक्षण दिएको छ,’ उनले भने ।

यसैगरी अहिले विश्वव्यापी रुपमा देखिएको आर्थिक मन्दीले नेपालमा पनि ठूलो असर परेको र अबका दिनमा उद्योगी व्यवसायीको उधारो नउठ्ने समस्या पनि उत्तिकै बढ्दै जाने उनको भनाइ थियो ।

‘हामी अहिले उधारोमा चलेका छौँ यदि त्यो रकम उठेन भने कसले जिम्मेवारी लिने ?’ उनले प्रश्न गरे । ‘यस्ता समस्या समाधान गर्न महासंघले नेतृत्व गर्नुपर्छ तर मलाई लाग्छ अहिले महासंघको कार्यशैली बहुसंख्यक उद्योगी व्यवसायीको हितमा छैन ।’ उनले भने ।

 

प्रकाशित मिति : ५ चैत्र २०७९, आइतबार  १ : २० बजे

सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर

बाल सुधारगृहको निरीक्षणपछि गृहमन्त्रीले भने- समस्या समाधानमा आवश्यक पहल गर्छु

भक्तपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहको आइतबार

आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता

सिरहा– सिरहामा आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय यु–१४ छात्र तथा छात्रा फुटबल

आफ्नै आन्दोलनको बलमा बनेको सरकारमाथि खनिन थाले जेन-जी

काठमाडौं- जेन–जीहरूको म्यान्डेटबाट बनेको सुशीला कार्की नेतृत्वको सरकारले सय दिने