पर्वतमा तस्बिर खिच्ने क्रममा भीरबाट लडेर बागलुङकी किशोरीको मृत्यु « Khabarhub

पर्वतमा तस्बिर खिच्ने क्रममा भीरबाट लडेर बागलुङकी किशोरीको मृत्यु


५ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पर्वतको कुश्मा नगरपालिका–१ पाङ अदुवाबारीको भीरबाट लडेर बागलुङकी एक किशोरीको मृत्यु भएको छ । बागलुङको बाङ्गेचौर र पर्वतको अदुवारी जोड्ने लामो झोलुङ्गे पुल छेउबाट भीरमा खसेकी बागलुङ नगरपालिका–२ बस्ने १५ वर्षीया अप्सरा खातुनको मृत्यु भएको हो ।

लामो पुल घुम्न परिवारसहित पुलको पूर्वतर्फ पर्ने अदुवारी पुगेकी खातुन तस्बिर खिच्ने बेला भीरमा खसेकी थिइन् । पुलको पूर्वतर्फको चौरमा राखिएको नेपाल टेलिकमको बोर्ड नजिकै तस्बिर खिच्ने क्रममा चिप्लिएर खातुन भीरमा लडेको पर्वतका प्रहरी प्रमुख मधुसूधन न्यौपानेले बताए ।

न्यौपानेका अनुसार खातुनलाई अचेत अवस्थामा उद्धार गरिएको थियो । उद्धारपछि उपचारका लागि धौलागिरि अस्पताल पु¥याउँदै गर्दा उनको मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७९, आइतबार  ५ : ३९ बजे

अमेरिकामा महँगी तीन वर्षयताकै उच्च

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा पछिल्लो महिना मूल्यवृद्धि

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल जेठ २८ गते बिहीबार अधिक जेठ

आज २०८३ साल जेठ २८ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल जेठ २८ गते बिहीबार अधिक जेठ

ईश्वरी भुजेल हत्या प्रकरण : ‘नेपाली ब्रो’लाई थप ५ दिन हिरासत अनुमति

काठमाडौं – ‘नेपाली ब्रो’ नामले चिनिने कुमार थापालाई पत्नी हत्या

गृहमन्त्री सुधन गुरुङले गरे कालभैरवको दर्शन (तस्बिरहरू)

काठमाडौं – दोश्रो पटक गृहमन्त्रीमा नियुक्त भएका मन्त्री सुधन गुरुङले