सबै नेता स्वार्थको राजनीति गरिरहेका छन्  | Khabarhub Khabarhub

सबै नेता स्वार्थको राजनीति गरिरहेका छन् 

मतदातामा चेतना नै भएन 


६ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- वामपन्थी धारका दलहरु एकीकृत हुन सकिरहेका छैनन् । कम्युनिष्ट पार्टी सिद्धान्त र विचार भन्दा फरक रूपमा रहेको भन्ने आरोप लागेको छ । वाम शक्ति एक ठाउँमा आउने प्रयास गरिरहँदा यसलाई मिल्न नदिने शक्तिहरू सक्रिय रहेको बताइन्छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको पछिल्लो सत्ता सहकार्य दुई महिनामै टुट्यो । अहिले पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा सरकार नेपाली कांग्रेससँगको सहकार्यमा अगाडि बढिरहेको छ । पछिल्लो राजनीतिक तरलताका आधार के-के हुन् ? किन नेपालमा स्थिर राजनीति अगाडि बढ्न सकेन ? यसै विषयमा आधारित रहेर पूर्व राजदूत एवं वामपन्थी चिन्तक कमलप्रसाद कोइरालासँग नयन सापकोटाले गरेको कुराकानीको सम्पादित अंश :

नेपालको राजनीतिमा विदेशी हस्तक्षेप कसरी सुरु भयो ? 
२००७ सालमा नेहरुले राजा त्रिभुवनलाई हाईज्याक गरेर दिल्ली पुर्‍यायो । नेपाली कांग्रेसको योजना पाल्पा लाने थियो र श्री ५ महाराजको वैधानिक न्यायिकता लिने भन्ने थियो । त्यही कुरा इन्डियाले थाहा पाएर राजालाई दिल्ली पुर्‍याइदियो । नेपाली कांग्रेसका नेता र राजालाई भेट गर्न नै दिएनन् । मोहन शमशेर र त्रिभुवनकोबीचमा सम्झौता गराए । त्यो बेलादेखि नै नेपालको आन्तरिक राजनीतिमा विदेशीको हस्तक्षेप सुरु भएको हो ।

तपाईंले त्रिभुवन र बीपीको प्रसंग जोड्नुभयो । त्यो समयमा भारतसँगको सम्बन्ध कस्तो थियो ? 
केही नेताहरुका लागि भारतसँगको सम्बन्ध वास्तवमा कहिल्यै खराब भएन । त्यो अवधिमा मात्र होइन । वि.सं. २०५२-२०६२ सम्म माओवादी जनयुद्ध चल्यो । माओवादीलाई बस्ने ठाउँसमेत भारतले दिएको थियो । प्रचण्ड, बाबुराम, कृष्णबहादुर महराको बास दिल्लीमा थियो ।

समतामूलक नेपाल निर्माण गर्नको लागि जनयुद्ध कोसेढुङ्गा बन्यो भनेर फागुन १ गते जनयुद्ध दिवस मनाउने सरकारी निर्णय भयो । यसमा के भन्नुहुन्छ ? 
अहिलेको समयमा त्यो अवधिका विद्रोही सत्तामा छन् । जसले आफ्नो योगदानको सम्झनाका लागि यसो गरेको हुन सक्छन् ।

अहिलेको व्यवस्था कस्तो लागिरहेको छ ? 
प्रजातन्त्रको ह्रास भयो र अनावश्यक संघीयता आएर पुँजीगत खर्च बढ्यो । उठेको पैसा सबै घुस र भ्रष्टाचारमा गएको छ । देशले ८८१ जना मन्त्री पाल्नु परेको छ । विकास गर्नुपर्ने पैसा सबै तलब भत्तामा नै गयो । यसले देशको विकास हुन दिएको छैन । मलाई यसले प्रगति भएको जस्तो लाग्दैन । यसले गर्दा नेपालमा स्थायित्व हुन नदिने अवस्था धेरै भयो। अहिलेको राजनीतिक नेतृत्वमा अविश्वास धेरै छ । किन समीकरणहरू फेर बदल भइरहेका छन्। नेपालमा राजनीतिक नेतृत्व नै छैन । आजकलका ठूला राजनीतिक दल विदेशी शक्तिको रिमोर्टबाटै चलेका छन् ।

माओवादी केन्द्र र एमाले अहिले किन एक ठाउँमा बस्न सकेनन् ? 
नेकपा बन्नुमा उत्तरी छिमेकीको देन थियो । संविधान बनाउँदा भारतले मधेसलाई उचालेको थियो । दलहरूबीचमा आपसी समझदारी कम भएको कारण यस्तो भयो । अहिलेका दलमा सत्ता मात्रै केन्द्रमा छ । अहिले पनि देशको राजनीति सन्तुलित अवस्थामा छ भन्ने अवस्था छैन । पदको भागबन्डाको पछाडि दौडिएर सत्ताको लागि तँछाडमछाड भइरहेको छ ।

अहिलेको नेपालको राजनीतिमा कसले के स्वार्थ राखेको छ ?  
विदेशी शक्तिले नेपालको अस्थिरतामाथि स्वार्थ राखेका छन् । किनकि त्यसो गर्दा विकास हुँदैन । उल्टो द्वन्द्व मात्र भइरहन्छ । आर्थिक विकास हुँदैन । जसरी यो संघीयता ल्याइयो । त्यो बाटो ठिक छैन । यसले ५५ प्रतिशत जति पुँजीगत खर्च बढेको छ । देश चलाउन विदेशीको सहयोग माग्नुपर्ने अवस्था आएको छ। अहिलेका नेताहरू जनतालाई धेरै बेवकुफ बनाउन जान्ने मात्रै भए । शक्ति केन्द्रको चलखेलले एक अर्को बीच एकता हुन नदिने अवस्था छ । कसैले कसैलाई मान्दैनन् । अहिले नेपालको राजनीतिमा न त ओलीले प्रचण्डलाई मान्छन् न त अरूले अन्य कुनै नेतालाई नै मानेका छन् ।

उपराष्ट्रपतिको चुनावमा साझा उम्मेदवार ल्याउन नसक्नुको कारण के देख्नुहुन्छ?
नेपालको राजनीति व्यक्तिवाद हाबी भयो । सबै आफ्नो स्वार्थ कसरी पुरा हुन्छ त्यतै लागेका छन् । पार्टीका कार्यकर्ता नेताको चाप्लुसी गर्न भन्दा अरु जान्दैनन् । उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव विजयी भएका छन् । जसरी राष्ट्रपतिमा रामचन्द्र भए त्यसरी उपराष्ट्रपतिका लागि सत्ता गठबन्धन एक भएन। हाम्रोमा सिद्धान्तवादी नेता नै भएनन् ।

अहिले संसद र सरकारको भूमिका कस्तो देख्नुभएको छ ? 
नेपालमा भरोसा गर्न योग्य सदन देखिएन । त्यो निकायले देश विकासको विषयमा चिन्ता गरेको पनि सुनिएन । यसरी विकास हुँदैन । वास्तवमा हाम्रा मतदाताको चेतना नै कम भयो । त्यसैले यिनै नेतालाई पटकपटक मतदान गरेर पठाएका छन् । यो नै गलत भएको छ ।

मतदाताको चेतना किन माथि उठ्न नसकेको होला ? 
यो प्रणालीमा जनताको चेतनास्तर सुधार हुँदैन । नेताहरूलाई विदेशीको सहयोग रहेसम्म यस्तै अवस्था रहन्छ । त्यस कारण देशको स्थिति कमजोर अवस्थामा पुगेको छ । यसको सुधारका लागि मतदाताको चेतनास्तरमा सुधार हुनुपर्छ ।
(एभिन्युजसँगको सहकार्यमा कुसुम गौतमले तयार पारेको सामग्री) 

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार  ११ : ५२ बजे

नेपालले अमेरिकालाई १७ रनले हरायो : दीपेन्द्रले लिए तीन विकेट

काठमाडौं – नेपालले टि-२० सिरिजमा अमेरिकामाथि शानदार जित निकालेको छ

सौराहामा एकसिङ्गे गैँडा (तस्बिरहरू)

काठमाडौं– चितवन राष्ट्रिय निकुञ्जभित्र जङ्गल सफारी, हाईकिंग र हात्ती सफारी

अरुण बराललाई जवाफ : आलु जोख्ने यन्त्रले हावा जोख्दैन

केही समयअघि सार्वजनिक भएको यस पंक्तिकारको पुस्तक ‘जैविक दर्शन’माथि मित्र

अनुसन्धान केन्द्रमा बाख्राको दूधबाट चिज उत्पादन

दमौली– तनहुँको बन्दीपुरस्थित बाख्रा अनुसन्धान केन्द्रले बाख्राको दूधबाट चिज उत्पादन

मेची–महाकाली उद्धार यात्रा : कोशी प्रदेशमा ४४ जनाको उद्धार

बनियानी – मेची–महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत कोशी प्रदेशमा ४४ जनाको