उपराष्ट्रपतिको सांसद पद रिक्त रहेको सभालाई जानकारी | Khabarhub Khabarhub

उपराष्ट्रपतिको सांसद पद रिक्त रहेको सभालाई जानकारी


६ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधिसभामा उपराष्ट्रपति पदमा निर्वाचित भएका जनता समाजवादी पार्टीका सांसद रामसहायप्रसाद यादवको पद रिक्त रहेको जानकारी दिइएको छ ।

सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको आजको बैठकको प्रारम्भमै त्यससम्बन्धी जानकारी सदनलाई गराए । उनले नेपालको संविधानको धारा ६७ को उपधारा (३) र धारा ८९ को खण्ड (क) बमोजिम प्रतिनिधिसभा सदस्यको एक स्थान रिक्त भएको जानकारी गराएका हुन् ।

यादव बारा क्षेत्र नं २ बाट निर्वाचित भएका थिए । यादव यही चैत ३ मा उपराष्ट्रपतिमा निर्वाचित भएका थिए । उपराष्ट्रपतिमा निर्वाचित भएपछि उनले सांसद पदबाट राजीनामा दिए ।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार  २ : १८ बजे

कर्णालीविरुद्ध सुदूरपश्चिम ६ विकेटले विजयी, क्वालिफायर १ मा जनकपुरसँग भिड्ने

काठमाडौं- नेपाल प्रिमियर लिग क्रिकेट अन्तर्गत सोमबार भएको खेलमा सुदूरपश्चिम

सिरक–डसना बनाएर मनग्य आम्दानी

सर्लाही– सर्लाहीको हरिपुर नगरपालिका–५ लक्ष्मीपुरका ६५ वर्षीय मोहमद रफिकलाई पछिल्ला

शिवम् सिमेन्ट्सले ९ प्रतिशत बोनस दिने 

काठमाडौं– शिवम् सिमेन्ट्स लिमिटेडले ९ प्रतिशत बोनस दिने भएको छ

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा आज प्रतितोला सुन चार सय रुपैयाँले बढेको

एनपीएल : सुदूरपश्चिम र कर्णाली भिडन्त (तस्बिरहरू)

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको लिग चरणको अन्तिम खेलमा