एमालेबिना कस्तो राष्ट्रिय सहमति खोजिएको हो ? : उपाध्यक्ष पौडेल | Khabarhub Khabarhub

एमालेबिना कस्तो राष्ट्रिय सहमति खोजिएको हो ? : उपाध्यक्ष पौडेल


६ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रधानमन्त्रीलाई विश्वासको मत दिने आधार र कारण एमालेले नदेखेको बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि भएको छलफलमा उनले एमाले उक्त प्रस्तावको विपक्षमा उभिने जानकारी दिए ।

प्रतिनिधिसभाको निर्वाचनपछि एमाले राष्ट्रिय सहमतिका पक्षमा रहेको तर अहिले एमालेलाई मात्र एक्ल्याइएको भन्दै उपाध्यक्ष पौडेलले एमालेबिनाको कस्तो राष्ट्रिय सहमति खोजिएको हो भनी जिज्ञासा राखे ।

उपाध्यक्ष पौडेलले भने, “राष्ट्रिय सहमतिका नाममा एमालेलाई एक्लो बनाउने, किनारा गराउने, शत्रुता र कटुताको परिस्थिति निम्त्याएर राष्ट्रलाई द्वन्द्वतर्फ धकेल्ने काम गरिएको छ ।”

उनले स्थिरताका नाममा अहिले भइरहेका अभ्यासले राजनीतिक स्थिरता होइन, अस्थिरता हुने खतरा देखिएको बताए ।

मुलुकको अर्थतन्त्रका बारेमा प्रधानमन्त्रीले राखेको अभिव्यक्ति मेल नखाएको पूर्वअर्थमन्त्री पौडेलले बताए ।

उनले भने, “हाम्रो राजस्वले साधारण खर्च पनि धान्न नसक्ने अवस्था छ, पुँजीगत खर्चको अवस्था पनि त्यति उत्साहजनक देखिन्न, सरकार संसदीय अङ्कगणितमा केन्द्रित हुँदा धरासयी हुँदै गएको अर्थतन्त्र सुधार गर्नेतर्फ ध्यान केन्द्रित हुने सङ्केत देखिन्न ।”

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार  ३ : १३ बजे

संसद् बिहीबारसम्मका लागि स्थगित

काठमाडौं– प्रतिनिधिसभाको बैठक बिहीबारसम्मका लागि स्थगित भएको छ ।  संसद्

महोत्तरीमा घट्दै ट्राफिक कारबाही

महोत्तरी– जिल्लामा ट्राफिक प्रहरीले गर्ने कारबाही क्रमशः घट्दो छ ।

इरानका खामेनेईलाई पनि सद्दाम हुसैनकै हालतमा पुर्‍याइदिन्छौँ : इजरायली रक्षामन्त्री कट्ज

काठमाडौं– इजरायलका रक्षामन्त्री इजरायल कट्जले इरानी सर्वोच्च नेता आयातोल्लाह अली

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

खलङ्गा– दार्चुलाको महाकाली नगरपालिका– ६ मा ढुङ्गा लागेर गम्भीर घाइते

महानगर बडिबिल्डिङ च्याम्पियनसिप ६ र ७ गते हुने

काठमाडौं– मिस्टर महानगर बडिबिल्डिङ च्याम्पियनसिप यही असार असार ६ र