राजनीति स्थिरता र समृद्धिका लागि राजनीतिक दललाई असफल हुन छुट छैन : उपाध्यक्ष अर्याल | Khabarhub Khabarhub

राजनीति स्थिरता र समृद्धिका लागि राजनीतिक दललाई असफल हुन छुट छैन : उपाध्यक्ष अर्याल


६ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले मुलुकमा राजनीति स्थिरता र समृद्धिका लागि सबै राजनीतिक दललाई असफल हुन छुट नभएको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलका क्रममा उनले अब पनि राजनीतिक पार्टी असफल भए युवाको आशा र भरोसा गुम्नसक्ने परिस्थिति आउने उल्लेख गरे ।

उनले भने, “हामीले जनविश्वासलाई टुट्न नदिने प्रण गर्नुपर्छ किन कि मुलुक र जनताको अवस्था परिवर्तन गर्ने दृढइच्छा शक्ति बोकेर हामी राजनीतिमा प्रवेश गरेका हौँ । हामीलाई असफल हुने छुट छैन । अत्यन्त ढिलो भइसकेको छ, हामीलाई अब पनि थप समय लिने छुट पनि छैन ।”

यसअघिको सम्झौताअनुसार न्यूनतम साझा कार्यक्रमले निरन्तरता पाउने आशाका साथ प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने बताउँदै उपसभापति अर्यालले आगामी दिनमा पनि सरकारको गुण र दोषका आधारमा समर्थन र विरोध हुने उल्लेख गरे ।

उनले भने, “हामीले दिएको समर्थन सरकारले जे गरे पनि ठीक हो भन्ने कबुलियतनामा होइन । नागरिकका मुद्दामा इमान्दारिता गुमाएको दिन हामी प्रतिपक्षमा उभिने छौँ ।”

सदन चलेको दिनलाई उत्सवकारुपमा लिने वातावरण बनाउन आवश्यक रहेको बताउँदै उहाँले संसद्मा छलफल हुने विषयप्रति जनतालाई उत्सुकता र जानकार बनाउन सक्नुपर्ने बताए ।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार  ३ : ४५ बजे

इजरायलमा ईरानको मिसाइल हमला सुरु

एजेन्सी – ईरानले इजरायलमा मिसाइल हमला थालेको छ । इजरायली

ईरानले ‘मिसाइल चेतावनी’ दिएलगत्तै बढ्यो तेलको मूल्य

एजेन्सी – ईरानले इजरायलमाथि मिसाइल प्रहार गर्ने चेतावनी दिएलगत्तै विश्वबजारमा

हिज्बुल्लाहले इजरायली एअरबेसमा दाग्यो मिसाइल

एजेन्सी – लेबनानको सशस्त्र कट्टरपन्थी लडाकु समूह हिज़्बुल्लाहले इजरायली एयरबेसमा

‘लेबनानमा रहेका सबै नेपाली सुरक्षित छन्‌’ : परराष्ट्र मन्त्रालय

काठमाडौं – परराष्ट्र मन्त्रालयले लेबनानमा रहेका सबै नेपाली सुरक्षित रहेको दाबी

दैवी प्रकोप उद्धार कोषमा साढे तीन करोड आर्थिक सहयोग

काठमाडौं – प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा झण्डै साढे तीन