चितवन २, तनहुँ १ र बारा २ मा वैशाख १० मै उपचुनाव हुने « Khabarhub

चितवन २, तनहुँ १ र बारा २ मा वैशाख १० मै उपचुनाव हुने


६ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनपछि रिक्त भएको तनहुँ १ र बारा २ मा पनि आगामी वैशाख १० गते नै उपनिर्वाचन हुने भएको छ । वैशाख १० गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने गरी समय समेत निर्धारण गरिएको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताए ।

‘निर्वाचन आयोगको आज मिति २०७९ चैत ६ गते बसेको बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम संवत २०८० साल बैशाख १० गते आइतबारका दिन तनहुँ जिल्ला निर्वाचन क्षेत्र नम्बर १ र बारा जिल्ला निर्वाचन क्षेत्र नम्बर २ मा उपनिर्वाचन गर्ने गरी निर्वाचनको मिति तोक्नुका साथै उक्त दिन बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुने गरी मतदानको समयसमेत निर्धारण गरिएको छ,’ आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

राष्ट्रपति वा उपराष्ट्रपति पदमा निर्वाचित भएमा निजको सांसद पद स्वतः रिक्त हुने व्यवस्थाबमोजिम उपनिर्वाचन गर्न लागिएको हो । तनहुँ १ का निवर्तमान सांसद रामचन्द्र पौडेल राष्ट्रपति र बारा २ का निवर्तमान सांसद रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएका छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७ बमोजिम उक्त दुवै क्षेत्रको निर्वाचन चितवन जिल्लाको उपनिर्वाचनका लागि आयोगबाट स्वीकृत भएको निर्वाचन कार्यक्रमबमोजिम नै हुने व्यवस्था गरिएको छ । रास्वपा सभापति रवि लामिछानेले नागरिकता विवादमा सांसद पद गुमाएपछि चितवन २ मा पनि आगामी वैशाख १० मा निर्वाचन हुने गरी मिति तोकिएको छ ।

आयोगका अनुसार २०७९ चैत १६ गते उपनिर्वाचन प्रयोजनका निम्ति आयोगबाट स्वीकृत अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ । त्यसैगरी चैत १८ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना, चैत २० गते उम्मेदवारको मनोनयन दर्ता र चैत २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न प्रदान गरिनेछ ।

उक्त उपनिर्वाचन प्रयोजनका लागि निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई मिति २०७९ चैत ८ गतेदेखि मिति २०७९ चैत १२ गतेसम्म नेपालको संविधानको धारा २७१ तथा राजनीतिक दलसम्बन्धी ऐन २०७३ बमोजिम दफा ४८ र ४९ बमोजिम राजनीतिक दल दर्ता गर्ने समय उपलब्ध गराउने गरी दल दर्ताको सूचना जारी आयोगले जनाएको छ ।

 

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार  ५ : ०० बजे

बाँकेमा चार जनाले फिर्ता लिए उम्मेदवारी

नेपालगञ्ज– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवारी दिएका

प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फको डेढ करोड मतपत्र छपाइ

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक

पार्टीको घोषणापत्रमा ऊर्जालाई विशेष प्राथमिकता राख्न निजी क्षेत्रको माग

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा विकासका

बाल सुधारगृहका समस्या समाधानका लागि गृहमन्त्री र बालबालिका मन्त्रीबीच छलफल

काठमाडौं– सानोठिमी भक्तपुरमा रहेको बाल सुधारगृहमा गए राति भएको झडपपछि बालगृहमा

शुक्लाफाँटामा जलपन्छीको सङ्ख्या बढ्यो

कञ्चनपुर– शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा आसपासका सिमसार क्षेत्रमा यस वर्ष जलपन्छीको