इटहरी गोल्डकप : त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश « Khabarhub

इटहरी गोल्डकप : त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश


७ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय जागृति क्लबको आयोजनामा जारी १३औँ अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपमा त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज भएको अन्तिम क्वार्टरफाइनल खेलमा आर्मीले झापाको रोलिङ क्लबमाथि ४–१ को फराकिलो जित कायम गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्न सफल भएको हो । त्रिभुवन आर्मीको जितमा दीपक गुरुङ, जिलेस्पिजङ्ग कार्की, सुदिल राई र पदम मोक्ताङले गोल गरेका थिए ।

पराजित रोलिङ क्लबका लागि विदेशी खेलाडी डेडी वाम्बाले पेनाल्टीमार्फत खेलको ६४औँ मिनेटमा एक गोल फर्काए ।

खेलको सुरुआत चरणबाटै झापालाई दवाबमा राखेको आर्मीले तेस्रो मिनेटमा अग्रता बढायो । पहिलो हाफमा दुई गोलको अग्रता बनाएको आर्मीले दोस्रो हाफमा थप दुई गोल गर्न सफल भयो । आर्मी ४–१ गोल अन्तरको स्पष्ट जितसहित सेमीफाइनल प्रवेश गर्न सफल भएको हो ।

खेलको म्यान अफ द म्याच आर्मीका कप्तान जिलेस्पीजङ्ग कार्की घोषित भए । उनले नगद रु १० हजार पाए ।

आजको अन्तिम क्वार्टरफाइनल खेलसँगै इटहरी गोल्डकपको क्वार्टरफाइनल समीकरण यात्रा पूरा भएको छ । भोलि बुधबारको पहिलो सेमिफाइनल खेल साविक विजेता सगरमाथा युथ क्लब सुन्दरहरैँचा तथा ए डिभिजन क्लब मछिन्द्रबीच हुने आयोजक क्लबका अध्यक्ष सन्तबहादुर डुम्जनले जानकारी दिए ।

मछिन्द्रले कञ्चनजङ्ग फुटबल क्लब भारतलाई पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । सगरमाथाले एभिनियर फुटबल क्लब क्यामरुनलाई पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।

शनिबार हुने फाइनल खेल विजेताले नगद रु १० लाख तथा उपविजेताले रु पाँच लाखका साथै ट्रफी र मेडल पाउने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७९, मंगलबार  १० : २५ बजे

बागलुङमा भिरबाट लडेर सात वर्षीया बालिकाको मृत्यु

बागलुङ – भिरबाट लडेर एक बालिकाको मृत्यु भएको छ ।

हर्क साम्पाङको फेसबुक पेज ६ दिनपछि पुनः सक्रिय

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङको फेसबुक पेज

रुपन्देहीको सीमावर्ती क्षेत्रबाट साठी क्विन्टल मकैसहित चालक पक्राउ

रुपन्देही – रुपन्देहीको सीमावर्ती क्षेत्रबाट अवैध रूपमा भारततर्फ निकासी गर्न

जातीय विभेद गर्ने वडाध्यक्ष अधिकारीको सजाय उच्च अदालतबाट पनि सदर

काठमाडौं – जातीय विभेदको आरोपमा पोखरा महानगरपालिका–२४ का वडाध्यक्ष भरतबहादुर

आइतबारदेखि अतिक्रमित सुकुम्बासी बस्ती हटाउन सुरक्षा प्रमुखलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले अतिक्रमित सुकुम्बासी बस्तीहरू खाली गराउने