तिब्बतीलाई नेपाली नागरिकता बनाइदिएको आरोपमा राजधानीबाट पाँच जना पक्राउ « Khabarhub

तिब्बतीलाई नेपाली नागरिकता बनाइदिएको आरोपमा राजधानीबाट पाँच जना पक्राउ


८ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- तिब्बतीलाई नेपाली नागरिकता बनाइदिएको आरोपमा राजधानीबाट पाँच जना पक्राउ परेका छन् । तिब्बतीलाई नेपाली नागरिकता बनाइदिएको आरोपमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ५ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा झापाको कचनकवलका कृष्णबहादुर कटवाल, काठमाडौँ बबरमहलका न्युल्केश श्रेष्ठ, मोरङको सुन्दरहरैंचाका हिरालाल शिवाकोटी, तनहुँको शुक्लगण्डकीका लोप्साङ थिन्ले र ललितपुरको गोदावरीका विजय लामा रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरुलाई काठमाडौँको बबरमहलबाट पक्राउ गरिएको हो ।

पक्राउ परेका कटवाल यसअघि पनि किर्ते र ठगी मुद्दामा सजाय पाइसकेको व्यक्ति भएको खुलेको छ ।

उनीहरुको साथबाट ४ थान स्थानीय पञ्जिकाधिकारी, प्रशासकीय अधिकृत, काठमाडौँ महानगरपालिका ६ नं वडा कार्यालयको छाप, जिल्ला प्रशासन कार्यालय काठमाण्डौबाट लोब्साङ ठिन्ले गुरूङको नाममा जारी भएको नेपाली नागरिकताको प्रमाणपत्र पनि बरामद गरिएको छ ।

त्यसैगरी लोब्साङ ठिन्ले गुरुङकै नामको ई पासपोर्ट एप्लिकेसन फर्म, अन्दाजी ५०० थान विभिन्न व्यक्तिको नाममा विभिन्न जिल्लाबाट जारी भएको देखिने सक्कली तथा नक्कली सरकारी कागजात, ३ लाख ५० हजार ५०० रुपैयाँ र ७ थान मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७९, बुधबार  ३ : २९ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको