वैदेशिक रोजगारीमा जाने श्रमिकको मुद्दा सम्बोधन भयो : एनआरएनए | Khabarhub Khabarhub

वैदेशिक रोजगारीमा जाने श्रमिकको मुद्दा सम्बोधन भयो : एनआरएनए


८ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गैरआवसीय नेपाली सङ्घ (एनआरएनए) ले वैदेशिक रोजगारीमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिलाई लक्षित गरी सामाजिक सुरक्षा योजना सुरु हुनु ठूलो उपलब्धि भएको जनाएको छ ।

वैदेशिक रोजगारीमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका श्रमिकलाई आजदेखि सामाजिक सुरक्षाको दायरामा ल्याउने प्रक्रिया आरम्भ भएपछि सङ्घले लामो समयदेखि उठाउँदै आएको महत्त्वपूर्ण मुद्दा सम्बोधन भएको जनाएको हो ।

सङ्घले महिला श्रमिकले स्वदेश वा विदेशमा पनि कतिपय अवस्थामा पुरुषको तुलनामा कम पारिश्रमिक पाउने गरेको अवस्थालाई स्मरण गराउँदै यस योजनामा समावेश गर्दा उक्त अवस्थालाई ध्यानमा राख्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराएको छ । पेन्सनसहितको सुविधा पाउने गरी कोषले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा श्रमिकलाई सूचीकृत गराउन सुरु गरेपछि बहुसङ्ख्यक श्रमिकलाई कोषमा आबद्धताको बाटो खुलेको सङ्घको भनाइ छ ।

गैरआवासीय नेपाली सङ्घका कार्यकारी अध्यक्ष रविना थापाले भनिन्* ‘सङ्घको निरन्तर प्रयास तथा नेपाल सरकारसँगको निकट सहकार्यको प्रतिफलका रूपमा कोषले वैदेशिक रोजगारीमा रहेका श्रमिकले पेन्सनसहितको सुविधा पाउने गरी योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सुरु गर्न सफल भएको हो । वैदेशिक रोजगारीमा कार्यरत ४० लाख बढी नेपाली दाजुभाइ दिदीबहिनी तथा परिवार यो योजनाबाट लाभान्वित हुने हामीले अपेक्षा गरेका छौँ ।’

सङ्घका अर्का अध्यक्ष कूल आचार्यले लामो समयदेखिको पहल सफल भएको भन्दै सरकार र सरोकारवालालाई आभार व्यक्त गरे ।

सङ्घले आफ्नो सुरुको अभियानदेखि नै वैदेशिक रोजगारीको क्षेत्रलाई सुरक्षित, मर्यादित र व्यवस्थित गर्नको लागि सरकारलगायत सरोकारवालासँग वकालत, पैरवीदेखि समन्वय र सहकार्यसम्म गर्दै आएको थियो ।

सङ्घले सरकारसँग सहकार्य गर्दै आगामी अप्रिल ७ देखि ९ सम्म कतार र मलेसियामा सामाजिक सुरक्षा कोषमा आबद्धताबारे सचेतना कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७९, बुधबार  ६ : ०२ बजे

माधव नेपाल भन्छन् : वैज्ञानिक समाजवादलाई जनताको जीवन पद्धतिमा उतार्नुपर्छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले

किशोरीमाथि करणी प्रयासको अभियोगमा दुई पक्राउ

झापा – यहाँस्थित कचनकवल गाउँपालिका–७ मा १७ वर्षीया किशोरीलाई ललाइफकाइ

माइती र चेलीलाई ममताले जोडोस्, संस्कृतिको सुगन्धले जीवन भरिओस् : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले तीजको अवसरमा दर खाने

अनमोल, आँचल र जसीता स्टारर ‘जेरी अन टप’टिजर रिलिज

काठमाडौं – असोज ३१ गतेबाट प्रदर्शनमा आउने वर्ष २०८२ को

स्थानीय तह स्वमूल्यांकन : काभ्रेमा नमोबुद्ध उत्कृष्ट

काभ्रे – स्थानीय तह संस्थागत क्षमता स्वमूल्याकंन (लिजा) मा जिल्लाका