सामुदायिक वनका अध्यक्ष थारुसहित आठजना पक्राउ « Khabarhub

सामुदायिक वनका अध्यक्ष थारुसहित आठजना पक्राउ


९ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज – बाँकेको राप्तीसोनारी गाउँपालिका–५ विनौनास्थित सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष भोला थारुसहित आठजनालाई प्रहरीले पक्राउ गरेको छ ।

घाटगद्दीमा रहेको करिब रु ५२ लाख बराबरको सामुदायिक वनको काठ हिनामिना गरेको स्थानीयले उजुरी गरेपछि उनीहरुलाई पक्राउ गरिएको हो । जिल्ला वन कार्यालय, बाँकेका सहायक वन अधिकृत गणेश खड्काका अनुसार सयम भवानी सामुदायिक वन उपभोक्ता समितिका सचिव आरती वैश्य, कोषाध्यक्ष मैयासरी थारु, सदस्य कमला केसी, मानबहादुर विक, रामकली थारु, खडगबहादुर ओली र शिवकुमारी थारुलाई वन कार्यालयको हिरासतमा राखिएको छ ।

आठै जनामाथि घाटगद्दीमा राखेको काठ, दाउरा हिनामिना गरेको अभियोगमा मुद्दा चलाइने भएको छ । “काठ, दाउरा बेचेको हिसाब पनि छैन । खातामा समेत पैसा देखिँदैन”, अधिकृत खड्काले भने।

साल, अस्ना, कर्मा, जामुन, शिरिषलगायत जातका काठका गोलिया बेचबिखन गरेको वन कार्यालयले जनाएको छ । उनीहरुलाई जिल्ला अदालत, बाँकेबाट अनुमति लिएर प्रहरीले पक्राउ गरी वन कार्यालयलाई बुझाएको हो ।

प्रकाशित मिति : ९ चैत्र २०७९, बिहीबार  ९ : ५८ बजे

प्रधानमन्त्री भन्छन् : ढिलो होला तर, गलत हुँदैन

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सही समय आउन केही समय

फरार कैदी भारत–नेपाल सीमाबाट पक्राउ

महेन्द्रनगर । कञ्चनपुर कारागारबाट फरार रहेका एक कैदीलाई प्रहरीले नेपाल–भारत

अमरेश सिंहको प्रश्न : यो राज्य संयन्त्र कसरी चलेको छ ?

काठमाडौँ । सत्तारुढ रास्वपाका सांसद अमरेशकुमार सिंहले राज्य कसरी चलेको

झारफुक गर्ने भन्दै बालिका कुटपिटको आरोपमा एकजना पक्राउ

काठमाडौं । झारफुक गर्ने भन्दै बालिकालाई कुटपिट गरेको आरोपमा प्रहरीले

करिब एक हजार ३१५ किलो गाँजा बरामद

काठमाडौं – प्रहरीले खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-७ वालिङस्थित जङ्गलबाट