जलवायु परिवर्तनसँग जुध्न प्रभावकारी कदम चाल्नुपर्नेमा जोड « Khabarhub

जलवायु परिवर्तनसँग जुध्न प्रभावकारी कदम चाल्नुपर्नेमा जोड


९ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – वातावरणीय प्रभावका असर नेपालमा द्रुतगतिमा देखिन थालेको भन्दै विज्ञहरूले सरकार र निजी क्षेत्रले यसको नियन्त्रणमा हातेमालो गरेर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

प्रतिनिधिसभा सदस्य डा आरजु राणा देउवाको सचिवालयले आज यहाँ आयोजना गरेको ‘जलवायु परिवर्तनः प्रभाव र विश्वव्यापी प्रतिक्रियाहरू’ सम्बन्धी अन्तक्रियाका वक्ताहरूले वातावरण प्रभावको रोकथाममा चनाखो हुनुपर्ने समय आएको बताएकी हुन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद डा देउवाले जलवायु परिवर्तनको मुद्दा तत्काल सम्बोधन गर्नुपर्ने बताउँदै त्यसका लागि सो मुद्दा अन्तर्राष्ट्रिय समुदाय समक्ष उठाउनुपर्ने बताईन । उनले जलवायु परिवर्तनमा नेपालको विधिहरू वातावरणमैत्री नै भए पनि अझै धेरै काम भने गर्न बाँकी रहेको उल्लेख गरिन ।

“हामी जलविद्युत्मा उदाहरणीय छौँ, जलवायु परिवर्तनका बारेमा सार्वजनिक सचेतना फैलाउने काम हामीले तत्काल सुरु गर्नुपर्नेछ । यसका लागि राजनीतिक दल, सञ्चार माध्यामलगायत सबैले हातेमालो गरेर अघि बढ्नुपर्छ”, उनले भनिन् । खानपिन, यातयात र विकासको मोडललगायत क्षेत्रमा तत्काल सुधार गरेर वातावरणमैत्री बनाउन पहल गर्नुपर्ने उनको भनाइ थियो ।

वातावरणविद् डा माधव कार्कीले जलवायु परिवर्तनको पछिल्लो रिर्पोटले धेरै सचेत हुनुपर्ने सन्देश दिएको बताए । “पेरिस सम्झौताले अनुमान गरेकोभन्दा धेरै छिटो विश्वको तापक्रम बढेको छ । यसले धेरै ठूलो असर गर्न सक्ने अनुमान वैज्ञानिकहरुले गरेका छन्”, वातावरणविद् कार्कीले भने, “हिमालयको परिवर्तन बढ्दै गएको छ, यसले हाम्रा हिम नदीहरू सुक्दै जाने र जलविद्युत् परियोजनामा पनि असर पुग्न सक्छ ।” उनले सरकार र निजी क्षेत्रको साझेदारीमा वातावरणीय प्रभावका रणनीति र कार्यक्रम अघि बढाउनुपर्नेमा जोड दिए ।

रुडुक नेपालका राष्ट्रिय निर्देशक डा कृष्णकुमार श्रेष्ठले नेपालमा वातावरणका जोखिमका विषयमा धारणा व्यक्त गर्दै अनियमित पानी पर्ने, दिउँसोको तापमान बढ्दो र रातिको तापमान घट्दो रहेको अवस्थामा यसले कृषि उत्पादनमा असर परेको उल्लेख गरे । डेनमार्कका पूर्वउपसभामुख रासमस हेल्भेग पिटर्सनले डेनमार्कले वातावरण प्रदूषण र कार्बन घटाउन धेरै विधिहरू लागू गरेको बताउँदै वातावरणीय प्रभावका चुनौतीहरू सामना गर्न हाम्रा व्यवहार र विधि परिवर्तन गर्नुपर्ने उल्लेख गरे ।

कांग्रेसका सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ ले ठूला मुलुकले उत्सर्जन गर्ने कार्बनले नेपालजस्ता साना मुलुकले बढी समस्या भोग्नुपरेको बताईन। उनले केन्द्र, प्रदेश र स्थानीय तीनै तहका सरकारको हातेमालोबाट जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न सकिने बताईन । कार्यक्रममा प्रतिनिधिसभा सदस्य, विभिन्न राजनीतिक दलका प्रतिनिधि र वातावरण क्षेत्रका विज्ञको सहभागिता थियो ।

प्रकाशित मिति : ९ चैत्र २०७९, बिहीबार  ११ : ०६ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल