प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री भएको तीन महिना पूरा « Khabarhub

प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री भएको तीन महिना पूरा

दुई पटक विश्वासको मत, ६ पटक मन्त्रिपरिषद् विस्तार


१० चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री भएको तीन महिना पुगेको छ।

१० पुसमा नेकपा एमाले लगायतका दलको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले तीन महिना नपुग्दै दुई पटक प्रतिनिधिसभाबाट विश्वासको मत लिएका छन्।

पुस २६ पहिलो पटक करिब पुरै संसदको विश्वासको मत पाएका उनले राष्ट्रपति निर्वाचनमा पुरानै गठबन्धन ब्यूताएपछि ६ चैतमा एमाले र राप्रपालगायतको विश्वासको मत गुमाए।

यसबीचमा प्रधानमन्त्री प्रचण्डले ६ पटक मन्त्रिपरिषद् विस्तार गरेका छन्। तर, अहिले मन्त्रीपरिषद् ७ सदस्यीय मात्रै छ। १६ वटा मन्त्रालय एक महिनाभन्दा लामो समयदेखि प्रधानमन्त्रीसँगै छन्।

अब उनले दश दलीय गठबन्धनमा रहेका सबै दललाई समेटेर सरकार विस्तारको तयारी गरेका छन् ।

प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार  ८ : ११ बजे

सुनसरी-४ का सांसद दीपक साहलाई उद्योगमन्त्रीमा पठाउने तयारी

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरी ४ बाट निर्वाचित सांसद दिपक

कारागारका कैदीबन्दीद्वारा रसुवा बाढीपीडितलाई राहत

काठमाडौं– काठमाडौको सुन्धारास्थीत केन्द्रीय कारागारमा रहेका कैदीबन्दीहरुले रसुवा बाढी पीडितका

बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

काठमाडौं– रसुवामा बाढीबाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण तथा दीर्घकालीन एकीकृत विकासका

गाजामा इजरायली आक्रमण, एकै परिवारका चार जनाको मृत्यु 

एजेन्सी– गाजामा विहीबार भएको इजरायली आक्रमणमा दुई बच्चासहित एउटै परिवारका

राष्ट्रपति कार्यालयका प्रवक्ता भन्छन् : कोही पनि मन्त्री बन्नेबारे हामीलाई पत्र आएको छैन

काठमाडौं- राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले कोही पनि मन्त्री बन्ने