ट्रम्पलाई पक्राउ गरिएको र पुटिनलाई जेल हालिएका झूठा तस्बिरले सामाजिक सञ्जाल भरिए « Khabarhub

ट्रम्पलाई पक्राउ गरिएको र पुटिनलाई जेल हालिएका झूठा तस्बिरले सामाजिक सञ्जाल भरिए


१० चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

कठमाडौँ- अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई पक्राउ गरिएका तथा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई कारागारमा हालिएका झूठा तस्बिरले सामाजिक सञ्जाल भरिएका छन् ।

केही दिनदेखि सञ्जालमा छापछापति भएका ती तस्बिर कृत्रिम बुद्धिमत्ता उपकरण अर्थात् ‘आर्टिफिसियल इन्टेलिजेन्स’ औजार प्रयोग गरेर बनाइएका हुन् । पूर्वराष्ट्रपति ट्रम्प स्वयंले यो साताको प्रारम्भमा आफू पक्राउ पर्नसक्ने बताएपछि उनलाई सुरक्षाकर्मीले घेरेर नियन्त्रणमा लिएका तस्बिरले सामाजिक सञ्जाल भरिएका हुन् ।

नेदरल्याण्डस्को हेगस्थित अन्तरराष्ट्रिय फौजदारी अदालतले युक्रेन युद्धमा मानवताविरुद्ध अपराधमा दोषी ठहर गर्दै राष्ट्रपति पुटिनलाई पक्राउ गर्न पूर्जी जारी गरेपछि उनलाई कारागारमा हालिएका अवास्तविक तस्बिर र भिडियो सामाजिक सञ्जालमा ‘अपलोड’ गरिएका हुन् ।

नक्कली तस्बिर, भिडियो र गलत सूचना प्रवाहले समाजमा नकारात्मक प्रवृत्तिलाई प्रश्रय दिने गलत सूचनासम्बन्धी जानकारहरूले बताएका छन् । काल्पनिक विषयले तथ्यलाई दबाउनु असामाजिक कार्य भएको उनीहरूले टिप्पणी गरेका छन् ।

मिथ्या समाचार र तस्बिरले सङ्कटका बेला थप आपत निम्त्याउने तथा निन्दनीयताको स्तर बढाउने सियाटलस्थित वासिङ्टन विश्वविद्यालयका प्राध्यापक जेभिन वेस्ट बताउँछन् ।

मिथ्या तस्बिर र समाचारले दर्शक तथा पाठकको ध्यान ती सामग्रीमा नै केन्द्रित गर्ने र त्यसले वास्तविकता छोपिने उनको तर्क छ । उनका अनुसार यस्ता गतिविधिले प्रणालीप्रतिको विश्वास गुम्नेछ । उपकरण प्रयोग गरेर बनाइएका तस्बिर यथार्थवादी भए पनि दर्शकले आफ्नो विवेक गुमाउन नहुने उनले बताए ।

प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार  १ : २९ बजे

समयमा उद्दार नहुँदा मर्‍यो हिलोमा गाडिएको जंगली हात्तीको छावा

इनरुवा– बराहक्षेत्र नगरपालिका–२ स्थित बिसआरडीस्थित गहने खोलामा जङ्गली हात्तीको छावा

वैभवको रवाफ : क्रिस गेलको १४ वर्ष पुरानो रेकर्ड तोडे, अर्कोमा तीन रनले चुके

नयाँदिल्ली- राजस्थान रोयल्सका ओपनर वैभव सूर्यवंशीले बुधबार आईपीएल एलिमिनेटरमा हैदराबादविरुद्ध

चैत मसान्तसम्मको कृषि मन्त्रालयको पुँजीगत खर्च ०.६ प्रतिशत मात्रै, अरुको कति ?

काठमाडौं– चालु आर्थिक वर्षको ९ महिना अवधिमा संघीय सरकारको मन्त्रालयगत

स्वास्थ्य बीमा बोर्डको दायित्व भुक्तानी १८ अर्ब बढी

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले चालु आर्थिक वर्ष २०८२/८३ को चैत

फेरि बढ्यो इरान-अमेरिका तनाव, बन्दर अब्बासमा विस्फोटपछि अमेरिकी एयर बेसमा हमला

तेहरान- इरान र अमेरिकाबीच एकपटक फेरि तनाव बढेको छ, तर