सगरमाथा आरोहणका लागि आजदेखि अनुमति दिन सुरु | Khabarhub Khabarhub

सगरमाथा आरोहणका लागि आजदेखि अनुमति दिन सुरु


१० चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- यस वर्षको वसन्तकालीन यामको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि आजदेखि आरोहण अनुमति दिन सुरु गरिएको छ ।

पर्यटन विभागका अनुसार यो वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि पहिलो १५ जनाको आरोही समूहले आरोहण अनुमति लिएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले सगरमाथा आरोहणमा जाने पहिलो आरोही समूहको टिमलिडरलाई आरोहणको अनुमति दिएको पर्यटन विभागले जनाएको छ ।

विभागको पर्वतारोहण शाखाका निर्देशक युवराज खतिवडाले वसन्तकालीन यामका लागि सगरमाथा आरोहण गर्न आज पहिलो आरोहण अनुमति जारी गरिएको बताए । उनका अनुसार आरोहण अनुमति लिनेमध्ये १० पुरुष र पाँच महिला छन् । उनीहरू अष्ट्रेलिया, चीन, जर्मनी, हङ्गेरी, सिङ्गापुर, दक्षिण अफ्रिका, थाइल्याण्ड, अमेरिकाका नागरिक हुन् ।

सगरमाथाको एकसहित आजसम्म अन्य विभिन्न हिमाल आरोहणका लागि १० आरोही समूहले अनुमति लिएको विभागका निर्देशक खतिवडाले जानकारी दिए । विभागका अनुसार वसन्तकालीन याममा विभिन्न हिमालका लागि धमाधम आरोहण अनुमति जारी भइरहेको छ । सगरमाथाबाहेक अन्य हिमाल आरोहणका लागि हालसम्म ५३ जनाले अनुमति लिएका छन् ।

आरोहीहरूले सुर्मा सरोवर, अन्नपूर्ण, पाङ्ग्री गोलदुम्बा, मनास्लु, थोराङपिक हिमाल आरोहण अनुमति लिएका छन् । अनुमति लिनेमध्ये ३६ पुरुष र १७ महिला छन् । यो वर्षको वसन्तकालीन यामका लागि यही चैत ३ देखि आरोहण अनुमति दिन सुरु गरिएको थियो । वैशाखको तेस्रो सातादेखि सगरमाथा आरोहण सुरु हुन्छ ।

वसन्त ऋतु सगरमाथासहितका हिमाल आरोहणका लागि उपयुक्त मौसम मानिन्छ । यो सिजनमा सगरमाथा आरोहणका लागि उल्लेख्य सङ्ख्यामा विदेशी आउँछन् । सगरमाथालगायत अन्य हिमाल आरोहणका लागि अहिले आरोहण अनुमति लिएर आरोही गन्तव्यतिर निस्किएका छन् ।

प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार  ६ : ५५ बजे

प्रधानमन्त्रीद्वारा पाणिनि सम्मेलनकाे उद्घाटन

लुम्बिनी– प्रधानमन्त्री केपी शर्मा ओलीले पाणिनि सम्मेलनको उद्घाटन गरेका छन्

गौतमबुद्ध विमानस्थल सञ्चालनको माग गर्दै रुपन्देहीका उद्योगी आन्दोलित

रुपन्देही – भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न माग राख्दै

कसरी अघि बढ्ला रविबिनाको रास्वपा ?

काठमाडौं– स्थापनाको छोटो समयमै उचाइ लिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

कर्णाली सरकारले गर्‍यो प्रदेशका परम्परागत विद्यालयको अवस्था अध्ययन

कर्णाली– कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयद्वारा गठित सात सदस्यीय कार्यदलले

चन्दा उठाएरै बनाइयो धार्मिक पर्यटकीय स्थल मालिकाधुरी पुग्ने सडक

म्याग्दी – सडक निर्माण सुरु भएको पाँच वर्ष भइसक्दा समेत