बायोग्राफी लेख्न व्यस्त छन् आविष्कार केन्द्रका पुन | Khabarhub Khabarhub

बायोग्राफी लेख्न व्यस्त छन् आविष्कार केन्द्रका पुन


१० चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुन यतिबेला बायोग्राफी लेख्न व्यस्त छन् । उनी बायोग्राफीबाट प्राप्त पैसालाई आविष्कार केन्द्रमै खर्च गर्ने बताएका छन् । उनले आफूले बायोग्राफी लेख्ने भन्ने कहिल्यै नसोचेको बताए ।

‘मैले मेरो जीवनी लेख्ने सोचेकै पनि थिइनँ । मेरो बायोग्राफी लेख्नका लागि कति मान्छेहरु मलाई नसोधी भेट्न आए । मैले त्यो बेला मेरो जीवनी नलेख्नु, मलाई चाहिँदैन नै भनिदिएँ’, महावीरले भने, ‘अहिले आएर केन्द्रका लागि दुई चार पैसा आउँछ भने किन नलेख्ने भनेर केही समययता दैनिक रुपमा बायोग्राफी लेखिरहेको छु । बायोग्राफी केन्द्रप्रति समर्पित हुनेछ ।’

उनले कुनै कार्यक्रममा जानै पर्ने अवस्था आएमा मात्र आफू पुग्ने गरेको र त्यो बाहेकको समय बायोग्राफीमै दिएको बताए । उनका अनुसार तीन महिनाभित्र उनको बायोग्राफी पाठकले पढ्न पाउनेछन् । कुनै प्रकाशन गृहबाट बायोग्राफी बजारमा आउँछ भन्ने निश्चित नभइसकेको उनले खुलाए ।

प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार  ७ : ५१ बजे

बोटमै जुनार कुहिन थालेपछि कृषक चिन्तित

सिन्धुली – जिल्लाकै सबैभन्दा बढी जुनार उत्पादन हुने गोलञ्जोर गाउँपालिकाका

जेनजी आन्दोलनमा तोडफोड र लुटपाट गर्नेमाथि अविलम्व कारबाहीको माग

मोरङ – जेनजीका नाममा सरकारी तथा निजी सम्पत्ति तोडफोड र

ध्वनि प्रदूषण नियन्त्रण गर्न ट्राफिक प्रहरीको विशेष अभियान सुरु

काठमाडौं – काठमाडौँ उपत्यकामा सवारी साधनबाट हुने ध्वनि प्रदूषण नियन्त्रण

पर्यटक बसले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु

चितवन – पर्यटक बसले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु