प्रयोगकर्ताको डेटामा चिनियाँ प्राविधिकहरुको पहुँच छ : टिकटकका सीईओ « Khabarhub

प्रयोगकर्ताको डेटामा चिनियाँ प्राविधिकहरुको पहुँच छ : टिकटकका सीईओ


११ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चिनियाँ भिडियो सेयरिङ साइट टिकटकका प्रमुख कार्यकारीले प्रयोगकर्ताको डेटामा चीनमा रहेका कम्पनीका प्राविधिकहरुको पहुँच रहेको स्वीकार गरेका छन् ।

अमेरिकी कंग्रेसमा बयान दिँदै टिकटकका प्रमुख कार्यकारी सीईओ शोउ जी चेउले प्रयोगकर्ताको डेटामा चीनमा रहेका प्राविधिकहरुको पहुँच रहेको स्वीकार गरेका हुन् ।

अमेरिकी कंग्रेसको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभको ऊर्जा तथा वाणिज्य समितिको सुनुवाईमा सीईओ शोउ जी चेउले भने ‘हामी विश्वव्यापी अन्तरसञ्चालनमा आधारित छौँ र चीनमा पनि हाम्रा प्राविधिकहरु छन् । त्यसैले हो, चिनियाँ इन्जिनियरसँग विश्वव्यापी डेटाको पहुँच छ ।’

अमेरिकाले टिकटकमाथि प्रतिबन्ध लगाउनेबारे विचार गरिरहेका बेला उनको यस्तो बयान आएको हो । उनको जवाफबाट अमेरिकी प्रतिनिधिहरु विश्वस्त हुन असफल भएको विश्लेषण गरिएको छ ।

सुनुवाईका क्रममा टिकटकको डेटामा चीनको सत्तारुढ कम्युनिष्ट पार्टीको समेत पहुँच रहेको अमेरिकी प्रतिनिधिहरुले आरोप लगाएका थिए ।

जवाफमा सिंगापुरका नागरिक शोउ जी चेउले आफूले कम्पनीको जिम्मेवारी सम्हालेदेखि चिनियाँ कम्युनिष्ट पार्टीका कुनै पनि प्रतिनिधिले आफूसँग सम्पर्क नगरेको जवाफ दिएका थिए ।

प्रकाशित मिति : ११ चैत्र २०७९, शनिबार  ९ : ०९ बजे

रविले बोलाएको संसदीय दलको बैठकमा कुन-कुन मन्त्री भए सहभागी ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बुधबार बोलाएको

मौरिसस पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी मौरिसस पठाइदिन्छु भन्दै रकम ठगी

मुआब्जा दिन रेलमार्गका जग्गाधनीको माग

झापा– प्रस्तावित पूर्व–पश्चिम विद्युतीय रेलमार्गका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा

जनार्दनसहितको अग्रगामी मोर्चाले सीकेलाई तोक्यो प्रवक्ता 

काठमाडौं– अग्रगामी मोर्चाले जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतलाई

पोखरा पुगे भारतीय सेना प्रमुख धीरज सेठ (तस्बिरहरू)

काठमाडौं– नेपाल भ्रमणमा रहेका भारतीय सेना प्रमुख जनरल धीरज सेठ पर्यटकीय