यस वर्षको दण्डपाणि-नन्दकुमारी अर्ज्याल पुरस्कार प्राज्ञ प्रभातलाई दिइने « Khabarhub

यस वर्षको दण्डपाणि-नन्दकुमारी अर्ज्याल पुरस्कार प्राज्ञ प्रभातलाई दिइने


१२ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली संस्कृति, दर्शन र साहित्यमा योगदान पुर्‍याएवापत यस वर्षको दण्डपाणि–नन्दकुमारी अर्ज्याल राष्ट्रिय पुरस्कार प्राज्ञ विष्णु प्रभातलाई अर्पण गरिने भएको छ । दण्डपाणि अर्ज्याल स्मृति केन्द्रद्वारा स्थापित पुरस्कारको राशि रु २५ हजारसहित सम्मानपत्र रहेको छ ।

यही चैत मसान्तभित्र केन्द्रकै वार्षिक प्रकाशन ज्ञानविन्दु अङ्क १४ समेतको लोकार्पण समारोहमा उनलाई अर्पण गरिने केन्द्रले जनाएको छ । सो पुरस्कारबाट ज्ञानमणि नेपाल, मदनमणि दीक्षित, प्रा डा तुलसीराम वैद्य, प्रा दिनेशराज पन्त, सत्यमोहन जोशी, प्रा डा सुरेशराज शर्मा, प्रा डा सुरेन्द्र केसी र पुण्यरश्मी खतिवडालगायत पुरस्कृत भइसकेको केन्द्रले जनाएको छ ।

स्व दण्डपाणि अर्ज्याल इतिहास, ज्योतिष, धर्मशास्त्र र समाजशास्त्र आदि विषयका ज्ञाता हुन् भने स्व नन्दकुमारी उनकी धर्मपत्नी ।

प्रकाशित मिति : १२ चैत्र २०७९, आइतबार  १२ : ४२ बजे

पोखराका मेयरको घरमा आगजनी गर्ने रास्वपाका नेता कारागार चलान

काठमाडौँ- पोखरा महानगरका मेयर धनराज आचार्यको घरमा २४ भदौको जेनजी

पूर्णबहादुरले बोल्न नदिएपछि गगनले दर्ता गराएका थिए अतिरिक्त धारणा

काठमाडौँ- गगन थापाले कांग्रेस केन्द्रीय समितिले निर्णय गरेअनुसार पुस २६–२८

मर्मतपछि एमालेको केन्द्रीय कार्यालयबाट नियमित काम सुरु

काठमाडौँ- नेकपा (एमाले) ले पुरानै ललितपुर, च्यासलस्थित केन्द्रीय कार्यालयबाट पार्टीको

पोखरामा बुधबारदेखि राष्ट्रिय औद्योगिक व्यापार र सूचना प्रविधि मेला

कास्की – पोखरामा यही बुधबारदेखि राष्ट्रिय औद्योगिक व्यापार र सूचना

कमला नदीमा अस्थायी ‘डाइभर्सन’ बनाइँदै

सिरहा – हुलाकी सडकअन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीमा