मन्त्रिपरिषद् विस्तारबारे निर्णय लिन गठबन्धनको बैठक भोलि बस्ने « Khabarhub

मन्त्रिपरिषद् विस्तारबारे निर्णय लिन गठबन्धनको बैठक भोलि बस्ने


१३ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मन्त्रिपरिषद् विस्तारका लागि मंगलबार सत्ता गठबन्धनको बैठक बस्ने भएको छ ।

मन्त्रिपरिषद् विस्तारका लागि छलफल गर्न मंगलबार अपराह्न ४ बजे गठबन्धनको बैठक बोलाउने शीर्ष नेताहरुबीच सहमति भएको हो ।

प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालबीच सोमबार भएको छलफलमा मंगलबार गठबन्धनको बैठक राखेर मन्त्रिपरिषद् विस्तारबारे निर्णय लिने सहमति भएको हो ।

चैत ६ गते दोस्रो पटक विश्वासको मत लिएका प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैनन् । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा भएको शीर्ष नेताहरुबीचको छलफलले मन्त्रिपरिषद् विस्तारका लागि मंगलबार अपराह्न ४ बजे गठबन्धनको बैठक बोलाउने सहमति भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार  १२ : ०२ बजे

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र