अझै पक्राउ परेनन् सांसद महतो  « Khabarhub

अझै पक्राउ परेनन् सांसद महतो 


१३ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

महोत्तरी –  गृह मन्त्रालयबाट पक्राउ गरी कानुनी दायरामा ल्याउन सर्कुलर जारी भए पनि प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरी हालसम्म फरार छन् ।

२०७७ मा जनकपुर उच्च अदालतले पुर्पक्षका लागि जेल चलान गर्नुपर्ने सजाय सुनाएदेखि नै फरार रहेका कोइरी गत प्रतिनिधिसभा सदस्य निर्वाचनमा महोत्तरी क्षेत्र नम्बर १ वाट निर्वाचित भएका हुन् ।

सुरक्षाकर्मी थमन विकको हत्या गरेको आरोप लागेका सांसद कोइरी निर्वाचित भएपछि प्रहरीको आँखा छल्दै  दुई पटक संसद भवन छिरेका थिए ।

दुई-दुईपटक संसदमा जाँदा पनि पक्राउ गर्न नसकेको भन्दै तत्कालीन गृहमन्त्री रवि लामिछानेको चौतर्फी विरोध भएको थियो। त्यसपछि गृह मन्त्रालयले गत ६ माघमा सांसद कोइरीलाई पक्राउ गर्न देशभरका जिल्ला प्रशासनलाई निर्देशन दिएको थियो । तर, दुई महिना नाघिसक्दा पनि उनी पक्राउ पर्न सकेका छैनन् ।

नेकपा एमालेबाट निर्वाचित स‍ांसद कोइरीलाई एमालेले नै संरक्षण गरेको आरोप छ।

प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार  १२ : ३६ बजे

राजनीतिक व्यक्तित्व माथिको धरपकडले देशलाई अन्तर्द्वन्द्वतर्फ धकेल्न सक्छ : झलनाथ खनाल

काठमाडौं– पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ

चुनाव प्रचारमा भएको फोहर सङ्कलन गर्दै उम्मेदवार

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा उम्मेदवारले प्रचारका क्रममा

अमेरिका–इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन

एजेन्सी– चीनले संयुक्त राज्य अमेरिका र इरानबीच सम्पन्न समझदारीपत्र (एमओयू)को

रास्वपाका दस्तावेजको सन्देश : वर्तमान शासन व्यवस्था नै हुन सक्छ ‘कोल्याप्स’ !

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन चार दिनदेखि चितवनमा

भाइकिङ समाजको नयाँ रहस्य

एजेन्सी– डेनमार्कमा करिब एक हजार वर्ष पुरानो विशाल भाइकिङकालीन कपडा