बाढी पहिरो पीडितको उद्धारमा जुट्न स्थानीय तहलाई मन्त्रालयको निर्देशन « Khabarhub

बाढी पहिरो पीडितको उद्धारमा जुट्न स्थानीय तहलाई मन्त्रालयको निर्देशन


२८ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बाढीबाट पीडितको उद्धार कार्यमा लाग्न स्थानीय तहलाई निर्देशन दिएको छ ।

मन्त्रालयको वातावरण तथा विपद् व्यवस्थापन शाखाका प्रमुख, सहसचिव केदारप्रसाद पनेरुले देशभरि अहिले भइरहेको वर्षाले जनधनको क्षति पुगेको भन्दै स्थानीय तहलाई १० बुँदे निर्देशनात्मक आदेश दिँदै उद्धार तथा राहत कार्यक्रममा लाग्न निर्देशन दिएका हुन् ।

उनले विपद् जोखिमको न्यूनीकरण र रोकथाम गर्न, पीडितको शीघ्र उद्धार गरी राहत प्रदान गर्न तथा यसको कारणले हुने महामारी फैलन सक्ने अवस्थालाई समेतलाई मध्यनजर गरी उपयुक्त व्यवस्थापन गर्न स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी र स्थानीयवासीलाई तत्काल जुट्न निर्देशन दिएको बताए ।

उनले जिल्ला विपद् व्यवस्थापन समितिसँग समन्वय गरेर पीडितलाई खाने, बस्ने र औषधोपचार व्यवस्था पनि स्थानीय तहबाट तत्कालन मिलाउनुपर्ने, बाढीको बहाब खोल्ने लगायका कार्यमा आवश्यकअनुसार समितिसँग समन्वय गरी आवश्यक व्यवस्था मिलाउनुपर्ने, खोज तथा उद्धार कार्यमा खटिएका सुरक्षा निकायलाई आवश्यक सहयोग र समन्वय गर्ने लगायतका कार्य गर्न निर्देशन दिएका छन् ।

यसैगरी राहत वितरणमा एकद्धार प्रणाली अवलम्बन गर्नुपर्ने, विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनकामे कामलाई सबै स्थानीय तहले उच्च प्राथमिकता दिइनुपर्ने लगायतका निर्देशन रहेका छन् ।

स्थानीय तहले खोज तथा उद्धार, राहत र शीघ्र पुर्नलाभको क्षेत्रमा रहेका कामको प्रगति विवरण दैनिक रुपमा मन्त्रालयमा पठाउनसमेत आग्रह गरिएको छ । स्थानीय तहको विपद् व्यवस्थापन कोषमा स्रोत साधन अभाव भए जिल्ला विपद् व्यवस्थापन समितिसँग समन्वय गरी केन्द्रमा अनुरोध गर्नसमेत आग्रह गरेको छ ।

उद्धार गर्नका लागि रकम नपुग भएको कारणले खोज, उद्धार तथा तत्कालीन राहतमा बाधा पर्ने भएका कानून बमोजिम स्थानीय तहको कुनै पनि बजेट शीर्षकबाट खर्च गर्ने व्यवस्था मिलाउनेसमेत भनिएको छ ।

प्रकाशित मिति : २८ असार २०७६, शनिबार  १० : ०५ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना