एक दुई दिनभित्र सरकारले पूर्णता पाउँछ : सञ्चारमन्त्री « Khabarhub

एक दुई दिनभित्र सरकारले पूर्णता पाउँछ : सञ्चारमन्त्री


१५ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले एक दुई दिनभित्र सरकारले पूर्णता पाउने बताएकी छन् । रिपोर्टर्स क्लबको २५औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा उनले छलफल सहमतिको अन्तिम चरणमा पुगेको र एक दुई दिनभित्रै सरकारले पूर्णता पाउने बताइन् ।

उनले पुरानो गठबन्धन नरहेको र नयाँ गठबन्धन निर्माण भएको हुनाले सरकार निर्माण प्रक्रियामा केही ढिलाइ भएको स्पष्ट पारिन् । सङ्क्रमणकालीन न्याय सम्बन्धी विषय लामो समय भएको हुनाले यसलाई छिटो निष्कर्षमा पुर्‍याउन संसद्मा विधेयक गइसकेको बताइन् ।

‘शान्ति प्रक्रियाको बाँकी काम छिटो टुङ्गोमा पुर्‍याउन सरकार लागिरहेको छ’, मन्त्री शर्माले भनिन्, ‘पीडितलाई न्याय दिन संसद्मा विधेयक पेस भएको छ ।’ मन्त्री शर्माले आमसञ्चार कानुन बनाउने तयारी भइरहेको र सरोकारवालासँग छलफल गरेर मात्र निर्णय गर्ने जानकारी दिइन् । उनले सञ्चार क्षेत्र बलियो र प्रभावकारी बनाउन आवश्यक पर्ने कानून बनाउनेसमेत बताइन् ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  २ : २० बजे

पाकिस्तानको मलमा आगलागी : ६ जनाको मृत्यु, २० भन्दा बढी घाइते

इस्लामाबाद– पाकिस्तानको दक्षिणी शहर कराचीमा शनिबार राति एक मलमा आगलागी

बालेनले राजीनामा नदिई उम्मेदवारी दर्ता गराउने, यस्तो छ कानुनी व्यवस्था

काठमाडौं– काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह ‘बालेन’ले प्रतिनिधिसभाको उम्मेदवार बन्नुअगाडि

खोला मापदण्डविरुद्ध माइतीघरमा प्रदर्शन

काठमाडौं– गैर न्यायिक रुपमा खोला तथा सडक मापदण्ड निर्धारण गरिएको

म्युजिक नेपालले ल्यायो ‘डल्बी एट्मस’ स्टुडियो

काठमाडौं – नेपाली फिल्म र संगीत क्षेत्रको प्राविधिक गुणस्तर दिन

ग्रीनल्यान्ड कब्जाको विरोध गर्दा युरोपका ८ देशमाथि ट्रम्पले लगाए १० प्रतिशत ट्यारिफ

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपका ८ देशमाथि १० प्रतिशत