विश्वकपको उपाधीका लागि इंग्ल्याण्ड र न्युजिल्याण्ड भिड्दै | Khabarhub Khabarhub

विश्वकपको उपाधीका लागि इंग्ल्याण्ड र न्युजिल्याण्ड भिड्दै


२९ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जारी १२ औँ संस्करणको आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधी भिडन्त आज (आईतबार) हुदैँछ । अहिलेसम्म विश्वकपको उपाधी जित्न नसकेको घरेलु टोली इंग्ल्याण्ड र न्युजिल्याण्डबीच यसपटक उपाधीका लागि भिडन्त हुदैँछ । यी दुवै टोलीले फाइनलमा स्थान बनाएसँगै एकदिवसीय विश्वकप जित्ने नयाँ च्याम्पियन थपिने भएको छ ।

विश्वकपको फाईनल खेल इंग्ल्याण्डस्थित लड्स मैदानमा नेपाली समय अनुसार दिउँसो सवा ३ बजेबाट शुरु हुनेछ । आयोजक इंग्ल्याण्डलाई पहिलो पटक विश्वकपको उपाधी घरमै राख्ने सुनौलौ मौका छ ।

यसअघि तीन पटक फाइनलमा पुगेपनि इंग्ल्याण्ड अभागी सावित भएको थियो । यता, गत संस्करणको उपविजेता न्युजिल्याण्डले पनि अहिलेसम्म विश्वकपको उपाधिको स्वाद चाख्न पाएको छैन । त्यसैले न्युजिल्याण्ड पनि विश्वकपको उपाधी जित्ने टोलीहरुमा आफ्नो नाम दर्ज गराउन चाहन्छ ।

जारी विश्वकपको पहिलो सेमिफाइनलमा उपाधी दाबेदार भारतलाई १८ रनले पराजित गर्दै न्यूजिल्याण्डले लगातार दोस्रो पटक फाइनलमा स्थान बनाएको थियो ।

यता, दोस्रो सेमिफाइनलमा पाचँ पटकको विश्व च्याम्पियन अष्ट्रेलियालाई ८ विकेटले हराउँदै घरेलु टोली इंग्ल्याण्डले उपाधीका लागि न्युजिल्याण्डसँगको भेट पक्का गरेको थियो । यी दुई टोलीबीचको फाईनल खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २९ असार २०७६, आइतबार  ७ : ४१ बजे

इजरायली आक्रमणमा छ सिरियाली सैनिकको मृत्यु, दमास्कसद्वारा निन्दा

दमास्कस – सिरियाले इजरायली ड्रोन आक्रमणमा छ सैनिकको मृत्यु भएको

जुवातास खेल्ने ९ जना पक्राउ, दुई लाख भन्दा धेरै रकम बरामद

काठमाडौं – प्रहरीले जुवा तास खेल्ने, खेलाउने गरेको अभियोगमा नौ

हराएकी ‘कबड्डी मैया’ ‘रिमै’मा भेटिइन् !

काठमाडौं – ‘जे लेखिएको छ त्यो भएरै छाड्छ’ भन्ने भनाइ

भारतमाथि ५० प्रतिशत अमेरिकी शुल्क लागू : गहना र कपडाको माग ७० प्रतिशत घट्ने डर, हजारौँको रोजगारी संकटमा

नयाँदिल्ली- अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले ३० जुलाईमा भारतमाथि २५ प्रतिशत