उपराष्ट्रपतिसँग गैरआवासीय नेपालीको भेट « Khabarhub

उपराष्ट्रपतिसँग गैरआवासीय नेपालीको भेट


१५ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – गैरआवासीय नेपाली सङ्घका प्रतिनिधिले उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग भेटवार्ता गरेका छन् । सङ्घका कार्यकारी अध्यक्ष रवीना थापा र अध्यक्ष कुल आचार्यको प्रतिनिधिमण्डलले उपराष्ट्रपतिसमक्ष लामो समयदेखि उठाउँदै आएको नागरिकताको निरन्तरता, विदेशमा रहेका नेपालीको सम्पत्तिको सुरक्षा, नेपालमा सहजै लगानीको वातावरण निर्माण नेपाललाई समृद्ध बनाउन गर्ने सहकार्यलगायत विषयमा छलफल गरेको थियो ।

भेटमा सङ्घका कार्यकारी अध्यक्ष थापाले सङ्घले लामो समयदेखि नागरिकताको निरन्तरताका लागि आवाज उठाउँदै आए पनि सो विषय टुङ्गो नलागेको भन्दै त्यसका लागि सकारात्मक पहल गरिदिन उपराष्ट्रपति यादवको ध्यानाकर्षण गराएका थिए ।

सङ्घका अध्यक्ष आचार्यले सम्पत्तिको सुरक्षासम्बन्धी कानूनलाई गैरआवासीय नेपालीमैत्री बनाउन र लगानीका लागि विद्यमान बाधा व्यवधान सुल्झाउन सकारात्मक पहल गरिदिन आग्रह गरे । सङ्घका संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले विश्वभर छरिएर बसेका गैरआवासीय नेपाली नेपाललाई छिट्टै समृद्ध बनाउने अभियानमा लागेको भन्दै उक्त अभियानमा सरकारसँगको सहकार्य र राज्यका सबै निकायको समर्थन आवश्यक रहेको बताए ।

भेटमा उपराष्ट्रपति यादवले गैरआवासीय नेपालीको लागानी विषयमा यथाशक्य छिटो समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको सङ्घले जनाएको छ । उनले लगानीका लागि मार्ग प्रशस्त गर्न आफू प्रतिबद्ध रहेको र विदेशमा आर्जन गरेको पूँजी र ज्ञान नेपालको प्राविधिक तथा व्यावसायिक ज्ञान, सीप विकासको क्षेत्रमा निर्धक्क भएर लगानी गर्नसमेत आह्वान गरे ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  ९ : १७ बजे

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा

त्रियुगा क्षेत्रमा जंगली हात्ती पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा