सेतो मच्छिन्द्रनाथको रथयात्रा आजबाट सुरु « Khabarhub

सेतो मच्छिन्द्रनाथको रथयात्रा आजबाट सुरु


१५ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँमा मनाइने सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु भएको छ । आज अपराह्न ४ बजेदेखि सुरु भएको रथयात्रा मच्छिन्द्र बहालदेखि तीनधारा पाठशालासम्म भएको थियो ।

त्यस्तै, आज साँझ ५ बजेदेखि ६ः३० बजेसम्म जमल, रत्नपार्क, भोटाहिटी हुँदै असनसम्म रथयात्रा गरिएको थियो । भोलि चैत १६ गते साँझ ५ बजेदेखि ६ः३० बजेसम्म असन, बालकुमारी, केल टोल, इन्द्रचोक मखन हुँदै हनुमान ढोकासम्म रथ यात्रा हुनेछ ।

चैत १७ गते साँझ ४ बजेदेखि ६ः३० बजेसम्म हनुमानढोका, चिङ्कमुगल, जैशीदेवल, ज्याबहाल हुँदै लगनसम्म रथयात्रा हुने सेतो मच्छिन्द्रनाथ रथ व्यवस्थापन समितिले जनाएको छ ।

त्यस्तै चैत १८ गते साँझ ५ः३० बजेदेखि ६ः३० बजेसम्म लगन आमा रुख परिक्रमा, चैत १९ गते साँझ ५ः३० बजेदेखि ७ः३० बजेसम्म लगन, ज्याबहाल, द्यः लं, युतुननी, कोहिती भीमसेन थान, मरु, यट्खा, नरदेवी, किलागल, भेडासिङ, केलटोल हुँदै मच्छिन्द्रबहालसम्म रथयात्रा हुने कार्यक्रम रहेको समितिले जनाएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  ९ : ३२ बजे

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

काठमाडौं–  आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । यो

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ

बालेन शाहसँग भेटवार्तापछि बाहिरिए रास्वपा सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर