राष्ट्रिय मिडिया सम्मेलन आज लुम्बिनीमा सुरु हुँदै | Khabarhub Khabarhub

राष्ट्रिय मिडिया सम्मेलन आज लुम्बिनीमा सुरु हुँदै


१६ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

बुटवल- नेपाल पत्रकार महासंघको आयोजनामा लुम्बिनीमा हुन लागेको राष्ट्रिय मिडिया सम्मेलन आज सुरु हुँदैछ ।

महासंघले आफ्नो ६८औँ स्थापना दिवसको अवसर पारेर लुम्बिनीमा चैत १६ र १७ गते २ दिने मिडिया सम्मेलन गर्न लागेको हो ।

महासंघका अध्यक्ष विपुल पोखरेलका अनुसार सम्मेलनमा पत्रकारको सदस्यता शुद्धीकरण, आर्थिक संकटले मिडियामा निम्ताएको असर र स्थानीय तहले बनाएका कानुनलगायत अन्य विषयमा छलफल हुनेछ। सम्मेलनमा मिडियाका लगानीकर्ता, सरकारी प्रतिनिधि र अनुसन्धानदाताको समेत सहभागी रहनेछ।  सम्मेलनमा देशभरबाट २५० जना सहभागी हुने अनुमान छ।

महासंघले स्थापना दिवसको अवसरमा आज पश्चिम नवलपरासीमा प्रभातफेरि गर्नेछ भने परासीमै महासंघको ८औँ बैठक र साँझ लुम्बिनीमा दीप प्रज्वलन गर्ने कार्यक्रम तय गरेको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहीबार  ८ : ०७ बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल भदौ ३० गते सोमबार। आश्विन

आज २०८२ साल भदौ ३० गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ ३० गते सोमबार। आश्विन

इन्जुरी समयमा सालाहको गोल, लिभरपुल १–० विजयी

काठमाडौं – प्रिमियर लिगमा लिभरपुलले लगातार चौथो जित दर्ता गर्दै

एसिया कप : भारतलाई पाकिस्तानले दियो १२८ रनको लक्ष्य

काठमाडौं – एसीसी एसिया कप क्रिकेट प्रतियोगितामा पाकिस्तानले भारतलाई जितका