उद्धारका लागि ८ हजार सेना परिचालन « Khabarhub

उद्धारका लागि ८ हजार सेना परिचालन


२९ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-अविरल वर्षापछि आएको बाढी र पहिरोमा परेकाहरुको उद्धारका लागि ८ हजार सेना परिचालन गरिएको छ । बाढी पहिरो र डुबान प्रभावित २१ जिल्लामा ८ हजार सेना परिचालन गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।

यसअघि शनिबार एक विज्ञप्ती जारी गर्दै सत्तारुढ दल नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सरकारले राहत र उद्धारका लागि पहल गरिरहेको भन्दै आम नागरिक तथा पार्टीका कार्यकर्तालाई उद्धार र राहतमा जुट्न निर्देशन दिएका थिए ।

बाढी तथा पहिरो र डुबानबाट बढी प्रभावित झापा, सुनसरी, उदयपुर, भोजपुर, सिराहा, धनुषा, महोत्तरी, रौतहट, बारा, सिन्धुली, मकवानपुर, काठमाण्डौ, ललितपुर र काभ्रेपलान्चोकमा सेनाले ३ सय ५८ जनाको सकुशल उद्धार गरेको जनाएको ५ ।

सेनाले विपद्को समयमा प्रयोग हुने स्रोत, साधन तथा जनशक्तिसहित ईटहरी, धनुषा र काठमाडौंमा हेलिकोप्टर स्टयाण्डबाई राख्नुका साथै प्रत्येक जिल्लामा तैनाथ युनिटमा आपतकालिन उद्धार सामग्रीसहित फौज तयारी अवस्थामा राखिएको जनाएको छ।

प्रकाशित मिति : २९ असार २०७६, आइतबार  ८ : ३३ बजे

ए‍क सय १९ सशस्त्र प्रहरी जवान दीक्षित

नारायणगढ – चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन

चितवन राष्ट्रिय निकुञ्जमा ई–टिकटिङ सुरु

नारायणगढ– चितवन राष्ट्रिय निकुञ्जले पर्यटकका लागि अनलाइनबाटै प्रवेश टिकट काट्न

बागलुङमा अवैध नदीजन्य पदार्थ उत्खनन गर्ने ७० सवारीसाधन कारबाहीमा

बागलुङ-  बागलुङमा पछिल्लो तीन आर्थिक वर्षमा अवैध रूपमा नदीजन्य पदार्थ

उपत्यकाबाट तीन लाख ४८ हजार यात्रु बाहिरिए

काठमाडौँ– नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर

नवरात्रको छैटौँ दिन आज मिथिलामा ‘बेलनौत’ सम्पन्न गरिँदै

महोत्तरी– आज शारदीय नवरात्रको छैटौँ दिन । मधेसको महोत्तरीसहित प्राचीन