नेपाल र मलेसियाबीचको खेल जारी | Khabarhub Khabarhub

नेपाल र मलेसियाबीचको खेल जारी


२९ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मलेसिया भ्रमणमा रहेको नेपालको राष्ट्रिय क्रिकेट टिमले अहिले घरेलु टोली मलेसियासंग दोस्रो तथा अन्तिम टी–ट्वान्टी अन्तराष्ट्रिय खेल खेल्दैछ ।

मलेसियाको किनरारा ओभलमा टस जितेको नेपालले ब्याटिङ गरिरहेको छ ।

नेपालले दोस्रो खेलमा दुई खेलाडी परिवर्तन गरेको छ । प्रदिप ऐरी र बसन्त रेग्मी टिमबाहिर रहेका छन् । यस्तै पवन सर्राफ र अभिनाश बोहरा टिममा परेका छन् ।

दुई खेलको टी–ट्वान्टी सिरिज खेल्न मलेसिया पुगेको नेपाललाई दोस्रो खेलमा समेत जित निकाल्दै सिरिज ‘क्लिन स्विप’ गर्ने ऐतिहासिक अवसर छ ।

पहिलो खेलमा नेपालले मलेसियालाई ७ विकेटले हराएको थियो । कप्तान पारसले अविजित रहदै ७६ रनको अर्धशतकिय ईनिङ्स खेलेपछि नेपालले सहज जित निकालेको थियो । पारसले ५० बलमा ८ चौका र ५ छक्का प्रहार गरेका थिए । ओपनरको रुपमा आएका उनले ३२ बलमा ५० रन पुरा गरेका थिए ।

आईसीसीबाट टी–ट्वान्टी अन्तराष्ट्रिय मान्यता प्राप्त गरेपछि नेपाललले पहिलो पटक युईएविरुद्वको सिरिज २–१ ले जितेको थियो । आईतबार मलेसियालाई हराउँदै ऐतिहासिक सिरिज ‘क्लिनस्वीप’ गर्ने अवसर नेपाल सामु रहेको छ ।

सिंगापुरमा हुने आईसीसी टी–ट्वान्टी विश्वकप एसिया फाईनलको तयारीका लागि नेपालले मलेसियासंग दुई खेलको टी–ट्वान्टी सिरिज खेलेको हो ।

प्रकाशित मिति : २९ असार २०७६, आइतबार  ८ : ५५ बजे

इजरायली आक्रमणमा छ सिरियाली सैनिकको मृत्यु, दमास्कसद्वारा निन्दा

दमास्कस – सिरियाले इजरायली ड्रोन आक्रमणमा छ सैनिकको मृत्यु भएको

जुवातास खेल्ने ९ जना पक्राउ, दुई लाख भन्दा धेरै रकम बरामद

काठमाडौं – प्रहरीले जुवा तास खेल्ने, खेलाउने गरेको अभियोगमा नौ

हराएकी ‘कबड्डी मैया’ ‘रिमै’मा भेटिइन् !

काठमाडौं – ‘जे लेखिएको छ त्यो भएरै छाड्छ’ भन्ने भनाइ

भारतमाथि ५० प्रतिशत अमेरिकी शुल्क लागू : गहना र कपडाको माग ७० प्रतिशत घट्ने डर, हजारौँको रोजगारी संकटमा

नयाँदिल्ली- अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले ३० जुलाईमा भारतमाथि २५ प्रतिशत