खुकुरी प्रहारबाट एक व्यक्तिको मृत्यु « Khabarhub

खुकुरी प्रहारबाट एक व्यक्तिको मृत्यु


२९ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ- दाङमा खुकुरी प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ । शनिबार युवाको समूहले खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएका तुलसीपुर उपमहानगरपालिका–१२ केचली निवासी २० वर्षीय रामबहादुर ओलीको उपचारको क्रममा मृत्यु भएको हो ।

खुकुरी प्रहारबाट दुवै हात र बायाँ खुट्टामा गम्भीर चोट लागेका ओलीको नेपालगञ्जमा उपचारपछि थप उपचारका लागि भारतको लखनऊ लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

ओलीको शनिबार राति ११ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहले बताए । यस विषयमा अनुसन्धानलाई तीव्र पारिएको समेत प्रहरीले बताएको छ ।

घटनामा संलग्न रहेको आरोपमा दुईलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक भीमबहादुर कार्कीले बताए । उनका अनुसार शनिबार नै मोतीपुरको जङ्गलबाट उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुको नाम भने प्रहरीले गोप्य राखेको छ । साथै शङ्कास्पद रहेका तीन मोटरसाइकलसमेत नियन्त्रणमा लिएको प्रहरी निरीक्षक कार्कीले बताए ।

शनिबार दिउँसो सवा दुई बजेतिर केही युवाको समूहले तुलसीपुर–११ स्थित जनबहारचोकमा खुकुरी प्रहार गर्दा ओली गम्भीर घाइते भएका थिए । घटना हुनुको कारण, घटनामा संलग्न व्यक्तिको पहिचानलगायतका विषयमा विस्तृत विवरणका लागि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

प्रकाशित मिति : २९ असार २०७६, आइतबार  ९ : ३५ बजे

तीन दिनको माैसम पूर्वानुमान : कस्तो होला दसैँको माैसम ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी तीन

निकुञ्ज चाडपर्व लक्षित सुरक्षा योजना : तालिम प्राप्त कुकुरद्वारा निगरानी

चितवन – चितवन राष्ट्रिय निकुञ्जले चाडपर्व लक्षित गर्दै सुरक्षा रणनीति

विश्वकप लिग-२ : जित्नैपर्ने खेलमा ओमानसँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय (ओडीआई) शृङ्खलाको अन्तिम

विभिन्न भागमा मुख्य राजमार्ग तथा सडक खण्ड अवरुद्ध

काठमाडौँ – लगातारको बाढी र पहिरोका कारण देशका विभिन्न भागमा मुख्य

काठमाडौंमा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु, एक घाइते

काठमाडौं- गोकर्णेश्वर नगरपालिका ९ आरुबारीस्थित राम मन्दिर नजिक सडकमा मोटरसाइकल