रमेश खरेल स्वतन्त्र पार्टीबाट उपचुनाव लड्दै « Khabarhub

रमेश खरेल स्वतन्त्र पार्टीबाट उपचुनाव लड्दै


१७ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सुशासन पार्टीका अध्यक्ष रमेश खरेल राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपचुनाव लड्ने भएका छन्।

१० वैशाखमा हुने उपचुनावमा खरेल बारा २ बाट लड्ने भएका हुन्। पूर्व डीआईजीसमेत रहेका खरेल ४ मंसिरमा काठमाडौँ क्षेत्रनम्बर १ मा पराजित भएका थिए।

राष्ट्रिय स्वतन्त्र पार्टीले उनको नाम पार्टीमा हुने प्राइमरी इलेक्सनका लागि भन्दै सार्वजनिक गरेको छ। रास्वपाको पार्टी विधानअनुसार हुने प्रारम्भिक निर्वाचनमा सबभन्दा बढी मत पाउनेलाई आगामी चुनावमा पार्टीले टिकट दिनेछ ।

बारा २ मा खरेल र युवराज न्यौपानेको दाबी परेको छ। यसैगरी तनहुँ १ मा स्वर्णिम वाग्ले, ईश्वर लामिछाने र डा. रुपक विक घिमिरेले दाबी पेस गरेका छन् । चितवन २ मा पार्टी सभापति रवि लामिछाने मात्र उम्मेदवार छन् । वाग्लेले बिहीबार मात्र नेपाली कांग्रेस परित्याग गरेका थिए ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  ८ : ०३ बजे

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान