‘तीन महिनामा धेरै काम भएका छन्’ | Khabarhub Khabarhub

‘तीन महिनामा धेरै काम भएका छन्’


१७ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो नेतृत्वको सरकारले तीन महिनामा महत्वपूर्ण काम सम्पादन गरेर जनतामा आशा जगाउन सफल भएको बताएका छन् ।

नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यालय पेरिसडाँडामा अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) को केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले थिति बसाल्न तीन महिनामा महत्वपूर्ण काम भएको बताएका हुन् ।

प्रधानमन्त्रीले भने, ‘बेथितिहरू अन्त्य गर्न र थिति बसाल्न यस अवधिमा महत्वपूर्ण काम भएका छन् । मन्त्रिपरिषद्को बैठकले निजी क्षेत्रको समस्या समाधानका लागि मौद्रिक नीतिमा सहजीकरण गरिएको छ ।’

राजस्व सङ्कलनमा सुधार आएको, विदेशी मुद्रा सञ्चिति बढेको र विप्रेषणमा सुधार आएको उल्लेख गर्दै उनले सेवा प्रवाह गर्ने कार्यालयका लामा–लामा लाइन हटेको बताए । राहदानी, सवारी चालक अनुमति पत्रलगायतका काममा विगतको झन्झट हटेको जानकारी दिँदै प्रधानमन्त्रीले यसलाई ठिक ढङ्गले बुझेर जनतामा लैजानुपर्ने बताए ।

‘सुशासन र समृद्धिका लागि महत्वपूर्ण काम भएका छन् । कानुन निर्माणका कामले गति लिएका छन्,’ प्रधानमन्त्रीले भने, ‘एउटा समीकरणबाट सरकार गठन भयो, तर राष्ट्रिय सहमति खोज्दै जाँदा सहमति भएन, त्यसपछि अर्को गठबन्धनमा जानुपर्ने परिस्थिति आयो । त्यसले गर्दा कतिपय भएका काम पनि ओझेल परेकोजस्तो छ । आज सरकार विस्तार भएपछि सरकारले गति लिन्छ ।’

नेपालको क्रान्तिकारी आन्दोलनमा महिलाले प्रदर्शन गरेको वीरता र बलिदानबाट नेपालमा युगान्तकारी परिवर्तन आएको स्पष्ट पार्दै प्रधानमन्त्रीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको र संविधानले महिला अधिकारलाई उचाइका साथ प्रबन्ध गरेको बताए ।

प्रधानमन्त्रीले भने, ‘विश्व राजनीति नै नयाँ ध्रुवीकरणमा छ । त्यसको विश्वव्यापी प्रभाव छ । रुस–युक्रेन युद्धपछि विश्व परिस्थितिमा आएका फेरबदललाई ठिक ढङ्गले बुझ्न र सोहीअनुरूपको राष्ट्रिय नीति आवश्यक छ ।’

बैठकमा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) का अध्यक्ष अमृता थापाले सङ्गठनको पछिल्लो अवस्था र आगामी दिनमा सम्पादन गर्नुपर्ने कामका बारेमा जानकारी गराएका गराइन् ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  २ : २६ बजे

आगजनीबाट जोगियो स्वास्थ्य सेवा विभाग

काठमाडौं–  ‘जेनजी पुस्ता’को प्रदर्शनमा देशभर कैयौँ कार्यालय आगजनीबाट ध्वस्त भए

कुलमानले भने ः तलब-भत्ता सहिदको कोषलाई दिन्छु 

काठमाडौं – नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले तलब, भत्ता र सुविधाबापत

नाना, खाना, छाना गुमेको प्रहरी– ‘माओवादी युद्धमा पनि यस्तो ज्यादती भोगिएन’

काठमाडौं- जेनजी आन्दोलनका नाममा भएको हिंसात्मक प्रदर्शनले उग्ररुप लिएपछि धेरै

सिसिटिभी फुटेजसहित एनसेले दियो प्रहरीमा उजुरी

काठमाडौं– काठमाडौको लैनचौरस्थित एनसेलको मुख्य कार्यलय ‘एनसेल आइकन’मा २०८२ भदौ २४

बाढीले बुर्तिबाङ–पूर्वी रुकुम खण्ड अवरुद्ध

ढोरपाटन-  भीषण बाढीले मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । राष्ट्रिय