नेपालले जित्यो थ्री नेसन्स कपको उपाधि « Khabarhub

नेपालले जित्यो थ्री नेसन्स कपको उपाधि


१७ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


522
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । घरेलु मैदानमा भएको प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको उपाधि नेपालले जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको फाइनलमा लाओसलाई २–१ गोल अन्तरले हराउँदै नेपालले उपाधि उचालेको हो । खेलमा लाओसले सुरुवाती अग्रता बनाएको थियो । तर त्यसलाई जोगाउन नसक्दा पराजित भयो ।

खेलको १७ औं मिनेटमा फोउचाङभोङले गोल गर्दै लाओसलाई सुरुआती अग्रता दिलाएका थिए । उनले बौनफाचन बौनकौनले प्रहार गरेको बल मणि कुमार लामालाई लाग्दै सिक्स यार्ड बक्समा झरेको थियो । जसलाई नजिकै रहेका फोउचाङभोङले वान टचमा पोस्टको जाली चुमाए ।

तर खेलको २४ औं मिनेटमा आयुषले गोल गर्दै नेपाललाई १-१ गोलको बराबरीमा ल्याएका थिए । एरिक विष्टले उपलब्ध गराएको पासमा आयुषले सुन्दर गोल गरे ।

त्यसपछि खेलको ८७ औं मिनेटमा मनिषले गोल गर्दै नेपाललाई २-१ को जित दिलाए । अन्जन विष्टले उपलब्ध गराएको पासमा मनिषले उत्कृष्ट गोल गरे ।

उपाधिसँगै नेपालले ५ हजार अमेरिकी डलर प्राप्त गरेको छ भने लाओसले ३ हजार डलर प्राप्त गरेको छ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  ८ : ३० बजे

सिंहदरबारमा गाभिएका मन्त्रालयको नाम परिवर्तन सुरु, अब १८ मन्त्रालय मात्रै

काठमाडौं – सरकारले प्रशासनिक सुधार, मितव्ययिता र कार्यसम्पादनलाई प्रभावकारी बनाउने उद्देश्यसहित

दिगो तथा आत्मनिर्भर अर्थतन्त्रका लागि महालेखापरीक्षकको कार्यालयका सुझाव

काठमाडौं– महालेखापरीक्षकको कार्यालयले दिगो तथा आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि सुझाव

कांग्रेस इतिहासकै प्रतिकूल अवस्थामा छ : पूर्वकार्यवाहक सभापति खड्का

कर्णाली– नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेपाली कांग्रेस इतिहासकै

गगनले मनोनयन गरेका कांग्रेस कार्यसमिति सदस्य के भन्छन् ?

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २८ वैशाखमा थप १९

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तर्राष्ट्रिय समुदाय लाग्नुपर्नेमा नेपालको जोड

काठमाडौं– नेपालले ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तर्राष्ट्रिय समुदाय