‘डेमोक्रेटिक समिट’ मा प्रचण्डको सम्बोधन : संयुक्त वक्तव्यमाथि मौन « Khabarhub

‘डेमोक्रेटिक समिट’ मा प्रचण्डको सम्बोधन : संयुक्त वक्तव्यमाथि मौन


१७ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ — ‘डेमोक्रेटिक समिट’ मा नेपालले सहभागिता जनाएको छ । नेपालको तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भाग लिएका हुन् । उनले बुधबार बेलुका ‘डेमोक्रेटिक समिट’ (लोकतान्त्रिक सम्मेलन) मा रेकर्ड भिडियोमार्फत भर्चुअल्ली सम्बोधन गरेका थिए ।

अमेरिकी राष्ट्रपति जो बाइडेनको पहलमा सन् २०२१ बाट सुरुआत भएको ‘डेमोक्रेटिक समिट’ को दोस्रो संस्करणमा सम्बोधन गर्दै नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालले उक्त पहलको लागि बाइडेनलाई धन्यवाद दिए ।

बिहीबार सकिएको दुईदिने ‘डेमोक्रेटिक समिट’को संयुक्त वक्तव्यमाथि भने नेपाल मौन बसेको छ ।
लोकतान्त्रिक सम्मेलनले १७ बुँदे संयुक्त जारी गरेको छ । संयुक्त वक्तव्यमा भारतसहित एक दर्जन मुलुकहरुले विभिन्न बुँदामा असहमति जनाएका छन् । भारतले १५ वटा बुँदामा सहमति जनाएको छ ।

तर नेपालले सम्पूर्ण संयुक्त वक्तव्यमाथि नै आफूलाई मौन राखेको हो । संयुक्त वक्तव्यमा ७३ मुलुकहरुको नाम छ । तर त्यस सूचीमा नेपालको नाम उल्लेख छैन ।

 

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  ८ : ४३ बजे

अब निजामती कर्मचारीले रजस्वला विदा पनि पाउने, अरु के–के विदा पाउँछन् ?

काठमाडौं– सरकारले बिहीबार संसदमा दर्ता गरेको ‘संघीय निजामती सेवा विधेयक,

कांग्रेस देउवा पक्षले थाल्यो वडा अधिवेशन (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर समूहले पनि १५औँ महाधिवेशनको प्रक्रिया

उत्तर कोरियालाई वार्तामा फर्किन राष्ट्रपति लीको आह्वान

सियोल- दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले उत्तर कोरियासँग विश्वास पुनःस्थापित

स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

एजेन्सी– स्विट्जरल्यान्डका हिमनदीले यस वर्ष आफ्नो कुल बरफको मात्रा ५.५

प्रमुख प्रशासकीय अधिकृत स्थानीय सेवाकै पद हुने, गाउँपालिकादेखि महानगरसम्म तहगत दरबन्दीको प्रस्ताव

काठमाडौं– सङ्घीय निजामती सेवालाई संशोधन र एकीकरण गर्न बनेको विधेयक