काठमाडौं– एक हप्तादेखि जारी अबिरल वर्षासँगैको बाढी र पहिरोका कारण अहिलेसम्म ४८ जनाले ज्यान गुमाइसकेका छन् । बाढी र पहिरोमा परेर ३५ जना बेपत्ता छन् ।
प्रहरीका अनुसार बाढी र पहिरोका कारण जनधनको क्षतिसँगै विभिन्न ठाउँमा सडक पनि अवरुद्ध भएका छन् ।
बाढी र पहिरोका कारण धेरै ठाउँका सडकमा अवरोध पु¥याएका कारण आफूले यात्रा गर्नुपूर्व सडकको अवस्थाबारे जानकारी लिन पनि प्रहरीले अनुरोध गरेको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार अहिले देशभर करिब १५ ठाउँका सडक बाढी र पहिरोका कारण ठप्प छन् ।
प्रहरीका अनुसार बाढी र पहिरोका कारण ठप्प रहेका सडकहरु निम्नानुसार छन्;
| मुस्ताङ: | २७ गते १५:३० बजेबाट मुस्ताङ थासाङ गाउँपालिका–४ घोप्टेभिरमा कालीगण्डकी नदीको पानीको बहाव पढी बेनी जोमसोङ जाने सडक अवरुद्ध |
| मनाङ: | २७ गते ०६:०० बजेबाट नासो गाउँपालिका– १ म्यादीखोलामा पानीको बहाव बढी बेसिसहर मनाढ सडक अवरुद्ध |
| उदयपुर: | २७ गते १४:०० बजेबाट खोटाङ नगरपालिका– १४ धुर्मी कटारी सडक खण्डको भदौरे खोलामा बाढी आई अवरुद्ध |
| उदयपुर: | २८ गते १५:०० बजेबाट साउनेबाट फोक्सिनटार जाने सडक अवरुद्ध |
| ओखलुढुंगा: | २७ गते १४:०० बजेबाट मानेभन्ज्याङ गाउँपालिका–७ सिद्धिचरण राजमार्ग बाढीले अवरुद्ध |
| ललितपुर: | २७ गते ०५:०० बजेबाट भट्टेडाँडा आग्राङ टुङगुन जाने शान्ति लोकपथ हेटौंडा जाने सडक खण्ड अवरुद्ध |
| मकवानपुर: | २६ गते ०८:४० बजेबाट ईन्द्रसरोबर गाउँपालिका– ५ महालक्ष्मी खोलानजिक पहिरो आइ फाखेल हुँदै काठमाण्डौं आउने सडक खण्ड अवरुद्ध |
| मकवानपुर: | २७ गते १४:०० बजेबाट ईन्द्रसरोबर गा.पा.२ र ३ स्थित सिस्नेरी फर्पिङ जाने सडक खण्ड अवरुद्ध |
| रामेछाप: | २८ गते १४:०० बजेबाट मन्थली न.पा. ६ सेलेघाट भन्ने स्थानमा पहिरो आइ मन्थलीबाट काठमाडौं आउने सडक खण्ड अवरुद्ध |
| भोजपुर: | २८ गते ०५:०० बजेबाट भोजपुर न.पा. १० स्थित गजुरमुखी भिरमा पहिरो गई भोजपुर धनकुटा सडक खण्ड अवरुद्ध |
| धनकुटाट: | २८ गते १३:०० बजेबाट पाख्रिबास न.पा. ५ स्थित हिले भोजपुर सडक खण्ड पहिरो गई अवरुद्ध |
| रौतहट: | २८ गते १४:०० बजेबाट चपुरबाट गौर सडक खण्ड अवरुद्ध |
| महोत्तरी: | २८ गते १३:०० बजे जनकपुरबाट जलेश्वर जाने सडकखण्ड अवरुद्ध |
| पाल्पा: | २८ गते १५:०० बजेबाट तिनाउ गा.पा.३ सिद्धबाबा नजिक पहिरो गई सिदार्थ राजमार्ग अवरुद्ध |
| कालिकोट: | २८ गते २०:३० बजेबाट सुभकालिका गा.पा-१ स्थित गगने खोलामा पहिरो खसी सुर्खेत-कालिकोट-जुम्ला जोड्ने कर्णाली राजमार्ग अवरुद्ध |













प्रतिक्रिया