अध्यक्ष दुजाङ शेर्पाको विरोधमा नेविसंघको असन्तुष्ट पक्षद्वारा रिले अनशन सुरु | Khabarhub Khabarhub

अध्यक्ष दुजाङ शेर्पाको विरोधमा नेविसंघको असन्तुष्ट पक्षद्वारा रिले अनशन सुरु


१८ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अध्यक्ष दुजाङ शेर्पाको कार्यशैलीप्रति असन्तुष्टि जनाउदै नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघका असन्तुष्ट पक्षले पार्टी कार्यालय सानेपामा रिले अनशन सुरु गरेका छन् ।

म्याद सकिसकेका असक्षम सभापतिलाई खारेज गरी नयाँ पदाधिकारीसहितको विधानसम्मत कमिटी ल्याउनुपर्ने माग गर्दै नेविसंघ वृहत संघर्ष समितिले शनिबारबाट रिले अनशन सुरु गरेको हो । अध्यक्ष शेर्पाले स्ववियु निर्वाचनको बेला जथाभावी जिम्मेवारी तोकेको भन्दै ती निर्णयहरु खारेज गर्नुपर्ने माग असन्तुष्ट पक्षले राख्दै आएको छ ।

उनीहरुले असंवैधानिक सभापतिले गरेको सम्पूर्ण चिठी खारेज हुनुपर्ने, १२ औँ महाविधेशनको सुनिश्चित गरिनुपर्ने माग राखेका छन् । पार्टी कार्यालय सानेपामा अनशन बस्दै नेविसंघका कार्यकर्ता अंशुल केसीले म्याद सकिसकेको अध्यक्षले संगठन विरोधी काम गरेको र पार्टी दिएको म्यान्डेटअनुसार स्ववियु अधिवेशनको महाधिवेशनको तयारी गर्न नसकेको आरोप लगाए । उनले विधिविधानमा टेकेर नयाँ कमिटी गठन गर्नुपर्ने माग रहेको बताए ।

यसअघि कांग्रेसका सभापति शेरबहादुर देउवाले एक वर्षअघि दुजाङ शेर्पालाई नेविसंघको अध्यक्षमा नियुक्त गरेका थिए । उनलाई स्थानीय, प्रदेश र प्रतिनिधि सभा निर्वाचनको परिणाम प्राप्त भएको मितिले तीन महिनाभित्र केन्द्रीय अधिवेशन सम्पन्न गरिसक्नुपर्ने जिम्मेवारी तोकिएको थियो ।

तोकिएको समयअवधि भित्रपनि शेर्पाले आफ्नो जिम्मेवारी पूरा नगरेकाले पुरानो कार्यसमिति खारेज गर्दै नयाँ कार्यसमिति गठन गर्नुपर्ने माग असन्तुष्ट पक्षको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७९, शनिबार  ४ : २४ बजे

जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका प्रहरीका परिवारलाई १० लाख दिइने

काठमाडौं – नेपाल प्रहरीमा कार्यरत कर्मचारीबाट तलब कट्टा गरी जेनजी

इरानसँगको नयाँ सम्झौता कार्यान्वयन गर्न संयुक्त राष्ट्रसङ्घको आग्रह

भियना– संयुक्त राष्ट्रसङ्घको आणविक निगरानी गर्ने निकायका प्रमुखले सोमबार इरानसँग

गण्डकी प्रदेशका तीन सय ९९ फरार कैदीबन्दी फक्राउ

गण्डकी – गत साताको जेनजी आन्दोलनका क्रममा गण्डकी प्रदेशका कास्की,

जेन-जी आन्दोलनको घटना छानबिन गर्न न्यायिक समिति

काठमाडौँ- सरकारले जेन-जी आन्दोलनका क्रममा भएको घटनाको न्यायिक छानबिन गर्ने