देशलाई आत्मनिर्भर बनाउन स्वदेशी उत्पादनको प्रयोगमा जोड दिनुपर्छ : अध्यक्ष बिजुक्छेँ | Khabarhub Khabarhub

देशलाई आत्मनिर्भर बनाउन स्वदेशी उत्पादनको प्रयोगमा जोड दिनुपर्छ : अध्यक्ष बिजुक्छेँ


१८ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले देशलाई आत्मनिर्भर बनाउन स्वदेशी उत्पादनको प्रयोगमा सबैले जोड दिनुपर्ने बताएका छन् ।

स्थानीय उत्पादनबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले भक्तपुर नगरपालिकाद्वारा आजदेखि यहाँ आयोजित दुईदिने भक्तपुर घरेलु उत्पादन मेलाको उद्घाटन गर्दै उनले घरेलु उत्पादन तथा सामग्री खरिद गरेर स्वदेशी उत्पादनलाई बढावा दिनुपर्ने बताए । स्थानीय उत्पादनले पर्यटन विकासमा समेत सहयोग पुग्ने तथा स्वदेशी उत्पादनलाई निर्यातमुखी बनाउन सके मात्रै अर्थतन्त्र बलियो हुने उनको भनाइ छ ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले घरेलु उद्योग देश विकासको आधार भएको उल्लेख गर्दै मेला लगायतका गतिविधिले पर्यटन प्रवर्द्धनका लागि मद्दत गर्ने, नयाँ नयाँ रोजगारीको सृजना हुने, आत्मनिर्भर बनाउने र देशको व्यापार घाटा कम गर्नसमेत टेवा पुग्ने बताए ।

कार्यक्रममा वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोरा, वडा नं ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले भक्तपुर नगरपालिकाले विभिन्न समयमा मेला तथा महोत्सवको आयोजना गर्दै स्थानीय उत्पादनलाई प्रोत्साहन दिएको बताए ।

दुई दिनसम्म चल्ने उक्त मेलामा भक्तपुरका मौलिक उत्पादन, परम्परागत घरेलु उद्योगबाट उत्पादित वस्तु, काष्ठकला, धातुकला र प्रस्तरकला, हस्तकलाका सामग्री, नेवारी खाजा कक्ष र सांस्कृतिक प्रस्तुति रहेका छन् ।

भक्तपुर घरेलु तथा साना उद्योग सङ्घ र पर्यटन विकास समितिको सह आयोजनामा भएको उक्त मेलामा नगर प्रमुख प्रजापतिको नेतृत्वमा सांस्कृतिक र्‍याली निकालिएको थियो ।

प्रकाशित मिति : १८ चैत्र २०७९, शनिबार  ५ : ३३ बजे

जेन-जी आन्दोलनको घटना छानबिन गर्न न्यायिक समिति

काठमाडौँ- सरकारले जेन-जी आन्दोलनका क्रममा भएको घटनाको न्यायिक छानबिन गर्ने

मार्तडी र कोल्टीमा सहुलियत पसल सञ्चालन

बाजुरा– खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जिल्लाका मार्तडी र कोल्टीमा

कांग्रेसको पुनर्गठन प्रस्ताव गर्दै गगनले भने : महामन्त्री पद छोड्न तयार छु

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जेन-जी आन्दोलनपछिका घटनाप्रति फेरि

उपभोग्य वस्तुको आपूर्ति सहज बनाउन उद्योग मन्त्रालयको आग्रह

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दैनिक उपभोग्य सामग्री तथा